समाचार / खेल

विश्वकप छनौट : अफगानिस्तानलाई हराए पनि नेपाललाई नेटरनरेट चुनौती

साउन १० २०७४     .
U 19 cricket a6ifuqxd75

काठमाडौँ साउन १०– न्युजिल्याण्डमा सन् २०१८ जनवरीमा संचालन हुने यु–१९ एसिया बिश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलको रुपमा अफगानिस्तानसंग आज सिगांपुरको मैदानमा प्रतिष्पर्धा गर्दै छ ।


बिजयी हुन सफल १ टोलिले मात्र छनौट हुने मौका पाउने प्रतियोगितामा आयोजक सिंगापुर, मलेसिया, अफगानिस्तान र नेपाल सहित ४ राष्ट्रले सहभागीता जनाएका थिए । समग्रमा सबै टिमले प्रतियोगितामा ५ खेल खेलेका छन् ।


हालसम्म ५ म्याचको जितका साथ अफगानिस्तान १० अंक सहित शिर्ष स्थानमा छ भने नेपाल ४ जितले ८ अंक सहित दोश्रो स्थानमा छ । सिगांपुर भने १ खेलको जितेसगैें २ अंकको मद्धतले तेश्रो स्थानमा तथा मलेसियाले सबै खेलमा पराजय भोगी अन्तिममा चिक्त बुझाउनु परेको छ ।


अंकतालिका हेर्दा नेपाललाई विश्वकपसम्म पुग्न कठिन देखिएको छ । अफगानिस्तानलाई म्याचमा हराएर मात्रै नेपालले बिश्वकपमा छनौट हुन पाउने छैन । किनभने नेट रनरेटको आधारमा नेपाल अफगानिस्तान भन्दा निकै पछि छ ।


अफगानिस्तानको नेट रनरेट ४.१५४ छ भने नेपालको ०.७६३ रहेको छ । अफगानिस्तानको नेट रनरेट धेरै भएका कारण नेपालले विश्वकपमा खेल्न पाउने सम्भावना एकदमै न्युन छ ।


अफगानिस्तानसँग ठूलो अन्तरले हार बेहोरेको अवस्थामा नेपालको नेट रनरेट ३.७३९ बाट ०.२७८ मा झर्न पुगेको हो । उक्त अवस्थाले गर्दा नेपालले सिंगापुर बिरुद्ध खेल जिते पनि नेट रनरेटमा ठुलो प्रभाव परेन र नेपाल ०.७६३ मै सिमित रह्यो ।


अंक गणितको आधारमा नेपालको लागि विश्वकपमा छनौट हुन आशाको मात्र खेल जस्तै भएको छ ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top