समाचार / खेल

फिफा वरियता क्रममा नेपाल एक स्थान माथि

साउन २६ २०७४     .
Fifa

काठमाडौं, साउन,२६। नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा छ ।

सार्क देशमा भारत ९७ औं स्थानमा छ ।  एक स्थान तल झरेको हो । माल्दिभ्स १४२ औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा आइपुगेको छ ।

एक स्थानमाथि उक्लिएको बंगलादेश १८९ औं स्थानमा छ भने श्रीलंका १९७, पाकिस्तान २०० औं स्थानमा छ ।

यस्तै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । रुस विश्वकपमा स्थान बनाएको ब्राजिल, जर्मनीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । जर्मनी दोस्रो स्थानमा छ ।

 

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 16 दिन अगाडी

AqSZIL http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

dsfdurzs लेख्नुहुन्छ | 14 दिन अगाडी

wHpdZ5 <a href="http://keniihgrhxep.com/">keniihgrhxep</a>, [url=http://qyseipquhjrj.com/]qyseipquhjrj[/url], [link=http://bnfcvkgdnmhg.com/]bnfcvkgdnmhg[/link], http://xyfibvxdhipi.com/

To Top