समाचार / विश्व

युद्धको डरले उत्तर कोरियाका छिमेकी देश त्रसित, यस्ता टिप्पणी दिँदै

साउन २८ २०७४     बीबीसी
Bbc

साउन २८ । अमेरिका र उत्तर कोरियाबिच बढिरहेको तनावले क्षेत्रको मिडियामा दुई प्रश्न उब्जाएका छन् । पहिलो प्रश्न – के युद्ध होला ? र दोस्रोमा – के गर्नुपर्ला ?

चीनमा सशस्त्र संघर्षको सम्भावनाको विषयमा आशंका गरिँदै छ । सरकारी पत्रिका चाइना डेलीले बिहिबार उत्तर कोरियाको धम्कीलाई हल्का रुपमा लिन नहुने बताएको छ ।

पत्रिकामा यस्तो संघर्षलाई कसरी रोक्न सकिन्छ र यदि यसलाई रोक्नका लागि अपनाइएको सबै कोसिस विफल भए के गर्नुपर्ला भन्ने विषयमा बहस जारी छ ।

पछिल्लो हप्ता चीनले आफ्नो सम्झौता फर्मूलाको अपिल पुनः दोहोराएको छ ।

संघर्षको दृष्टिकोणमा....

उक्त फर्मूलाका अनुसार उत्तर कोरियाले आफ्नो परमाणु र मिसाइल कार्यक्रम रोक्नुपर्छ र यसको बदलामा अमेरिका र दक्षिण कोरियाको त्यो इलाकामा आफ्नो सैन्य अभ्यास स्थगित गर्नुपर्ने थियो ।

मिडियामा पनि उक्त सम्झौता फर्मूलाबारे पुनः चर्चा सुरु भएको छ ।

चाइना डेलीले भन्यो, ‘प्रतिबन्धले मात्र उत्तर कोरियामाथि नियन्त्रण पाउन सकिन्नँ ।’ पत्रिकाका अनुसार तनावमा कमी ल्याउनका लागि यस्तो प्रकारको कुनै सम्झौता राम्रो सुरुवात हुनसक्छ ।

तर यदि कुनै संघर्ष सुरु भए के होला ? शुक्रबार कम्युनिष्ट पार्टीको पत्रिका ग्लोबल टाइम्सले चीनको रणनीतिमा आफ्नो रिपोर्टमाथि प्रकाश पारेको छ ।

चीनको तटस्थताः

रिपोर्टका अनुसार यदि उत्तर कोरिया गुआममाथि हमला गर्छ भने चीन तटस्थ हुनेछ तर यदि अमेरिका र दक्षिण कोरिया उत्तर कोरियामाथि हमला गर्छ भने चीनले यसलाई रोक्न प्रयास गर्ने पत्रिकाले बताएको छ ।   

रुसका प्रभावशाली बिजनेश पत्रिका वेडोमोस्टलीले विश्लेषक भ्लादिमिर खुश्तालेवलाई उद्धृत गर्दै लेखेको छ, ‘यो कुरामा ध्यान दिन महत्वपूर्ण छ कि उत्तर कोरियाले अमेरिकी सामुन्द्रिक सीमाभन्दा ३० –४० किलोमिटरको दुरीमा हमला गर्ने धम्की दिएको छ । यसलाई युद्धको सीधा घोषणा भन्न सकिन्छ ।’

उत्तर कोरियाको सम्भावित हमलाः

पत्रिकाका अनुसार यदि यस्तो कुनै युद्ध भयो भने यसलाई भड्काउनका लागि अमेरिका जिम्मेवार हुनेछ ।

पत्रिका थप्छ, ‘उत्तर कोरियाको सम्भावित हमलालाई रोक्नका लागि अमेरिका पहिले नै हमला गर्नसक्छ । ’

यद्यपी, दक्षिण कोरियाको मिडियामा तनाव धेरै महसुस हुन्छ । दक्षिण कोरियाको प्रभावशाली पत्रिका ह्याक्योरेहका अनुसार सानो गल्तीले पनि युद्ध हुनसक्छ ।

दक्षिण कोरियाको सहमतीः

एक अन्य पत्रिका चोसोन इल्बोका अनुसार अमेरिका र उत्तर कोरियाबिच जारी विवादमा दक्षिण कोरिया किनारामा छ ।

पत्रिकाले कुनै पनि अमेरिकी योजनामा दक्षिण कोरियाको सहमती लिने बताएको छ ।

यसैबारे जापानी मिडियामा पनि छलफल जारी छ । असाही शिम्बुस पत्रिकाका अनुसार दुबै पक्षको बयानबाजीका कारण युद्धको खतरा बढेको छ ।

यता जापानका रक्षामन्त्री इट्सुनोरी ओनोडेराका अनुसार जापान गुआमतर्फ बढ्ने कुनै पनि उत्तर कोरियाली मिसाइलको बाटो बिचमा नै रोक्नेछ । जापानले जे पनि गर्नेछ, त्यो बचाउको कारवाही हुने बताइएको छ ।

जापानसँग अष्ट्रेलिया पनि सहमत देखिएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री म्याल्कम टर्नबुलका अनुसार अमेरिकामाथि हमला भए उनको देश उत्तर कोरियाविरुद्धको कारवाहीमा समावेश हुनेछ ।

यसैबिच गुआमका गभर्नर एडी बाजा काल्वोले शान्त रहनका लागि अपिल गरेकी छिन् । उनले फेसबुक पोष्टमा भनेकी छिन्, ‘म गुआमबासीहरुलाई पुनः यो विश्वास दिलाउन चाहन्छु कि अहिले हाम्रो द्वीपमा कुनै खतरा छैन ।’

 

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

CNi5qF http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

zplyrnjpkf लेख्नुहुन्छ | 14 दिन अगाडी

JwqZg8 <a href="http://wtvlrcsurynk.com/">wtvlrcsurynk</a>, [url=http://epmgqfmjkbjl.com/]epmgqfmjkbjl[/url], [link=http://fueofayripcd.com/]fueofayripcd[/link], http://qrzedukcefgt.com/

To Top