समाचार / खेल

खेलकुदबाटै राष्ट्रलाई चिनाउन सकिनेमा जोड

भाद्र १० २०७४     .
Lumbini sport club photo

बुटवल, भदौ  १०।
खेलकुद मानिसको जिवनको अभिन्न अंग भएको कारण खेलकुदकै माध्यमबाट देशलाई चिनाउन सकिने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
‘खेल खेलौ, स्वथ्य बनौ, राष्ट्रलाई चिनाऔ’ भन्ने मुल नाराको साथ सुरु भएको लुम्बिनी स्पोट्स क्लव तिलोत्तमा १४ खैरिया सुपौलीको प्रथम सारण सभा, वृहत रक्तदान कार्यक्रमको समुद्घाटनका सहभागीहरुले यस्तो कुरा बताएका हुन । उनीहरुले बढ्दो युवा जनशक्ति पलायन रोकी खेलकुदको माध्यमबाट नै  स्थानिय तह,  जिल्ला र देशलाई नै चिनाउन सकिने बताएका हुन ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका की उप मेयर जागेश्वरी चौधरीले खेलकुदको माध्यमबाट  तिलोत्तमा नरपालिका, रुपन्देहीलाई मात्रै नभई राष्ट्रलाई नै चिनाउने अभियानमा लाग्नको लाग  युवा पिढीहरुलाई सुझाव दिएकी थिईन् ।   उपमेयर चौधरीले त्यसको लागि  जनप्रतिनिधिको हैसियतले आफुले जस्तो सुकै  सहयोग गर्न तयार रहेको जानकारी  दिईन् । कार्यक्रममा बोल्दै उनले भनिन्–‘खेलकुदको विकासको लागि तिलोत्तमा नगरपालिकाले विशेष  योजना बनाएर कार्यान्वयन गर्दै छ, युवा पुस्ताले विभिन्न रचनात्मक कार्यसंगै खेलकुदको कार्यलाई पनि अगाडी बढाउनेहुनेमा म विश्वस्त छु  ।’
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष प्रत बहादुर पुनले ले क्लवले हाल ३ वटा व्याडमिन्टन कोर्ट निर्माण गरेको जानकारी  दिदै निकट भविश्यमा स्थानिय निकायको सहयोग पाएमा फुडसल कोर्ट, बस्केटवल कोर्ट बनाउने योजना रहेको जानकारी  दिए ।
 कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एच वि रम्तेल, अर्की सदस्य मिरा विश्वकर्मा, टिकुलीगढ युवा क्लवका अध्यक्ष  राजन गुरुङ्ग, वडा नम्बर १३ का अध्यक्ष रन गणेश न्यौपाने, बुद्धिजिवी रन बहादुर राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा पुर्व वक्सीङ्ग खेलाडी तथा हाल बक्सीङ्ग प्रशिक्षकको रुपमा रहेका गोपाल राई, जननिर्वाचित खेलप्रेमी समाजसेवी नरजंग गुरुङ्ग, वल बहादुर बलाल लाई विशेष सम्मान समेत गरिएको थियो । कार्यक्रममा लेखा समितिका संयोजक कमल थापाले क्लवको बार्षिक गतिविविधीबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । क्लवका सल्लाहकार अशोक पुनको स्वागगत मन्तव्य रहेको कार्यक्रको सञ्चालन  सदस्य सुन्दर गुरुङ्ग गरेका थिए ।
 सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल उपशाखाको प्राविधिक सहयोगमा रक्तदान समेत गरिएको थियो । कार्यक्रममा ४५ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष प्रत बहादुर पुनले जानकारी दिए ।

 

 

0 प्रतिकृयाहरू प्राप्त

To Top