समाचार / मनोरञ्जन

अनुष्काको फिल्म ‘परी’को सुटिङका बेला प्राविधिकको मृत्यु

भाद्र १७ २०७४     एजेन्सी
Anuska sharma

मुम्बई,  भदौ १७ । बलिउड अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म ‘परी’को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटना कोलकातामा भएको थियो ।

अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा फिल्म सुटिङ गरिरहेका बेला दुर्घटना भएको थियो । सुटिङ भइरहेको स्थानमा करेन्ट लागेर २८ वर्षीय शाह आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शाहको मृत्युपछि ‘परी’को सुटिङ रद्द गरिएको छ । मृतक शाह आलम उत्तर प्रदेशका हुन् । सुटिङ स्थलमा बाँसको घारी थियो ।

लाइट इफेक्टका लागि बाँसको घारीलाई तारले सजाइएको थियो । सुटिङपछि प्याकिङ गर्ने क्रममा नाङ्गो तारका कारण प्राविधिक शाहलाई करेन्ट लागेको जनाइएको छ ।

शाह बेहोस भएपछि उनलाई तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई साल्टलेकस्थित ओइयो निजी अस्पतालमा रिफर गरिए पनि उनलाई बचाउन नसकिएको समाचारमा उल्लेख छ । – एजेन्सी

0 प्रतिकृयाहरू प्राप्त

To Top