समाचार / खेल

शक्ति गौचनले हङकङविरुद्ध नखेल्ने,१८ सदस्यीय नेपाली टोलीको घोषणा

भाद्र २१ २०७४     .
Shakti gauchan namibia

काठमाडौं  भदौ,२१ । नेपाली टोलीका भेट्रान स्पिनर शक्ति गौचनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध नखेल्ने भएका छन् ।

बुधबार पारस खड्काको नेतृत्वमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा शक्ति अटाएनन् । उनी पछिल्लो समय पायल्सबाट पीडित छन् । ‘झण्डै डेढ महिनादेखि समस्या भएको हो,’ शक्तिले  भने, ‘ठीक हुन अझै डेढ दुई हप्ता लाग्ने भएकाले सल्लाह गरेर नै टिममा नबसेको हो ।’

शक्तिको अनुपस्थितिमा नेपाली टोलीमा जितेन्द्र मुखिया, सुशील कँडेलसँगै सुशन भारी टोलीमा परेका छन् ।

यद्यपि चार बैकल्पिक खेलाडी छान्न बाँकी छ । अर्का भरपर्दा स्पिनर बसन्त रेग्मीसँगै युवा बलर सन्दिप लामिछाने टोलीमा छन् । सुशील, सुशन भारी जो टिममा परेपनि उनीहरुले राम्रो गर्न सक्ने शक्तिको विश्वास छ ।

‘म बाहेक जुनियर बलिङ डिपार्टमेन्टमात्र भएको भए गाह्रो हुन्थ्यो । तर, अहिले त बसन्त पनि छ । सन्दिपसँग पनि राम्रो अनुभव भइसक्यो,’ शक्तिले भने, ‘पछिल्ला खेलहरुमा सुशन भारीले पनि राम्रै गरिरहेका छन् । सुशील कँडेलले पनि राम्रो गरेका छन् । उनीहरुका लागि चुनौती र अवसर पनि हो ।’

पूर्ण फिट नहुँदा नहुँदै खेल्दा राम्रो प्रदर्शन गर्न गाह्रो हुने र समस्या बढेमा भोलि आउने अवसरलाई पनि सदुपयोग गर्न नसक्ने अवस्था आउने सक्ने भएकाले पनि हङकङविरुद्ध नखेल्ने निर्णय लिएको उनले बताए ।


बुधबार घोषित नेपाली टोलीको बलिङतर्फ बसन्त र सन्दिपसँगै सुशील कँडेल र सुशन भारी छन् । यस्तै भेट्रान खेलाडी महबुब आलमसँगै टी–२० विश्वकपपछि टोलीमा फर्कन प्रयासरत जितेन्द्र मुखिया पनि अन्तिम १८ मा अटाएका छन् ।

टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । यस्तै करण केसी, नरेश बुढायर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा परेका छन् ।

२५ सदस्यीय टोलीमा रहेका अविनाश कर्ण, ललित सिंह भण्डारी, विक्रम शोव, दिलिप नाथ, हमिद अन्सारी र सुनिल धमला भने आउट भएका छन् ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top