समाचार / मनोरञ्जन

नेपाल आइडललाई धक्का, अदालतले दियो यस्तो आदेश

भाद्र २१ २०७४     .
Idol mqnvzkacm9

काठमाडौं, भदौ २१,– जिल्ला अदालत  काठमाडौले नेपाल आइडलविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि  शुक्रबार बोलाएको छ । यस्तै  मुद्दाको किनारा नलागेसम्म भोट गणना गर्ने कार्य नगर्न नगराउन पनि अल्पकालित आदेश दिएको  छ ।

आइडलविरुद्व ज्ञानमणि न्यौपानेले  दर्ता गराएको मुद्दा उपर न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादीबीचको छलफल सुनी शुक्रबार मुद्दाको ढुंगो लगाउने निर्णय गरेको हो ।

आदेशमा भनिएको छ, ‘सो विषय वादी र प्रतिवादीबीचको छलफल  सुनी टुंग्याउन उपयुक्त देखिँदा छलफलका लागि भदौ २३ गते १० बजे सक्कल फाइल तथा विवरण लिइ यस अदालतमा उपस्थित हुनु भनि विपक्षीहरुलाई सूचना पठाउने ।’

न्यौपानेले आइडलका जजहरुले मनपरि ढंगले  पुनः भोट आह्वान गरेको भन्दै सो   निर्णयमा रोक लगाउन माग गर्दै मंगलबार मुद्दा दर्ता गराएका थिए ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top