समाचार / राजनीति

प्रधानमन्त्री देउवा पाँचौ पटक मन्त्री मण्डल विस्तार गर्ने तयारीमा

भाद्र २५ २०७४     .
Sher bahadur deawa

काठमाडौं ,भदौ २५– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तीनजनालाई समेटेर पाँचौ पटक मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन् ।

देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई आफ्नो मन्त्रिमण्डलमा सहभागि गराउन लागेका हुन् । व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ ।

उनिहरुलाई सोमबार ११ बजे राष्ट्रपति कार्यलयमा सपथ खुवाउने तयारी भएको छ । योसँगै देउवाको मन्त्रिमण्डल ५३ सदस्यीय हुने भएको छ ।

२०७४ जेठ २४ गते देउवा नेतृत्वमा गठन भएको सरकार जेठ २८ पहिलो पटक, असार २ गते दोस्रो, साउन ११ तेस्रो र भदौ ४ गते चौथोपटक विस्तार भएको थियो । योसँगै नेपालको इतिहासमै देउवा नेतृत्वको मन्त्रिमण्डल सवैभन्दा ठूलो हुने भएको छ ।  

0 प्रतिकृयाहरू प्राप्त

To Top