समाचार / खेल

हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसीसी यू- १९ च्याम्पियन

असोज १ २०७४     .
U19

काठमाडौँ ,असोज १।

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ ।

जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो ।

मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुनार र प्रनित थापामगरले समान १९ रनको योगदान दिए ।

यसअघि, हङकङ मात्र ७६ रनमा अलआउट हुन पुगेको हो ।

खेलमा टस जितेर नेपाली टोलीले हङकङलाई ब्याटिङको निम्ता दिएको थियो ।

नेपालले पहिलो ओभरदेखि नै प्रतिद्वन्द्वीलाई दबाबमा राखेको थियो । नियमित रुपमा हङकङको विकेट लिँदै नेपाली बलरहरुले कुनै पनि ब्याटसम्यानलाई खुलेर खेल्न दिएनन् ।

नेपालका लागि सन्दीप लामिछाने र सहबाब आलमले समान ३–३ विकेट लिए ।

हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन बनाए भने जथाभेदले १६ रनको योगदान दिए ।

 

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

KRSATM http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

gtpyqayrm लेख्नुहुन्छ | 14 दिन अगाडी

WpdRaP <a href="http://qijexbwaukmi.com/">qijexbwaukmi</a>, [url=http://iwrijaixwjrj.com/]iwrijaixwjrj[/url], [link=http://ljrdmjidqonp.com/]ljrdmjidqonp[/link], http://dcmuzegbmlwh.com/

To Top