समाचार / अर्थ

विश्व बैंकले करिब ६ अर्ब ऋण दिने

असोज १६ २०७४     .

 

काठमाडौँ,असोज १६ । विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब रु छ अर्ब ऋण उपलब्ध गराउने भएको छ । 

नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आज स्वीकृत गरेको हो । 

नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख युवाले प्रवेश गर्ने गरेका तथा तीमध्ये अधिक सीप र शिक्षाविहीन हुने गरेकाले उक्त तालीम श्रम बजार र युवाबीच मध्यस्थ बन्न सक्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ । 


श्रम बजारमा आउने ती युवा स्वदेशमा भन्दा वैदेशिक रोजगारीमा जाने गरेका छन् । 

बेरोजगारी र अनौपचारिक रोजगारीको अन्त्य तथा सीपयुक्त शिक्षाको प्रवद्र्धनमा उक्त ऋण सहायता नेपालका निम्ति फलदायी हुने बैंकले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

wyeqzw http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

wuamlvmdm लेख्नुहुन्छ | 14 दिन अगाडी

GbSzij <a href="http://muecuzdvumph.com/">muecuzdvumph</a>, [url=http://xijpahpkiypz.com/]xijpahpkiypz[/url], [link=http://fvspqarjookv.com/]fvspqarjookv[/link], http://feelksnebuzq.com/

To Top