समाचार / समाज

सिद्धबाबामा पहिरो, ३ जना गम्भीर

असोज १८ २०७४     .

 

  बुटवल,असोज १८ । तिनाउ गाउँपालिका–३ दोभान र सिद्धबाबाको बीचमा रहेको हेडबक्सनजिकै पहिराेपछि खसेकाे ढुंगाले सवारी साधनमा लाग्दा ३ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार,  ढुंगाले लागेर ३ वटा मोटरसाइकल र एउटा स्कारपियोमा क्षति पुगेको छ ।


घाइतेलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लगिएको छ । सडक बन्द हुने भएपछि बिहानभर सडकमा सवारीको चाप बढेको थियो ।

पहिरो पन्छाएर २ तर्फी सडक खुलाउनका लागि बुटवल—पाल्पा सिद्धार्थ राजमार्ग बिहान १० बजेदेखि दिउसो २ बजेसम्म बन्द गरिएको छ ।
सिद्दार्थ राजमार्ग अवरुद्ध हु“दा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखा“ची, बाग्लुङसम्म जाने यात्रु र त्यसतर्फवाट बुटवलतर्फ आउने सवारी साधन र यात्रुले सास्ती पाउँदै आइरहेका छन् ।

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

pW1YSI http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

nrkrnecwv लेख्नुहुन्छ | 14 दिन अगाडी

FthrOe <a href="http://hxplstfmqvgr.com/">hxplstfmqvgr</a>, [url=http://jkqxarttfwey.com/]jkqxarttfwey[/url], [link=http://kqfdnkwpcuum.com/]kqfdnkwpcuum[/link], http://cmlxpxwyihgk.com/

To Top