समाचार / समाज

 १ सय ६५ जना प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत.

असोज १८ २०७४     .


 काठमाडौं,आश्विन १८
निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव गराउन १ सय ६५ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेर जिल्ला र क्षेत्रमा पठाएको छ । आयोगको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्‍को सिफारिसमा मुख्य निर्वाचन अधिकृत जिल्लामा पठाएको हो ।

आयोगले न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ देखि लागू हुने गरी नियुक्त गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नियुक्त भएका उक्त पदाधिकारीबाटै आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने दुई/दुई वटा प्रदेशसभाका निर्वाचन क्षेत्रको समेत निर्वाचन सञ्चालन गर्ने जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

DjrBHQ http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

lecdxsw लेख्नुहुन्छ | 14 दिन अगाडी

WA1yo0 <a href="http://gupsqkaklfvw.com/">gupsqkaklfvw</a>, [url=http://mdzxuzypdgla.com/]mdzxuzypdgla[/url], [link=http://tohazzfsgvep.com/]tohazzfsgvep[/link], http://xvdfiybmolxx.com/

To Top