समाचार / समाज

 तानसेन बुटवल सडक खण्ड विहानै देखि अवरुद्ध

असोज १९ २०७४     .

 

पाल्पा, असोज १९

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डमा आज विहान पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको छ । तानसेन बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउपालिकाको दोभान र सिद्धबाबाको विचमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो खस्ने डरले हिजो बेलुका आठ बजेदखि नै सवारी साधन भने बन्द गरिएको थियो । तर, विहान करिव ३ बजेतिर पहिरो खसेपछि सडक खुल्न नसकेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समेत सुरु गर्न नसकिएको र बाटोमा यात्रुहरु अलपत्र परेको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन् । एक सातादेखि नियमति यातायात सञ्चालन नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 16 दिन अगाडी

b3RRxs http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

hpituwvb लेख्नुहुन्छ | 14 दिन अगाडी

x5OuEZ <a href="http://pohfkrlrfboa.com/">pohfkrlrfboa</a>, [url=http://trydkirtfvdf.com/]trydkirtfvdf[/url], [link=http://uzklkvpwyfiu.com/]uzklkvpwyfiu[/link], http://xmhtepvxamfm.com/

To Top