समाचार / राजनीति

कांग्रेसले भन्छ भने सरकार छोड्छौं – दाहाल

असोज २१ २०७४     .
Prachanda

काठमाडौं, असोज २१
 माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले भने माओवादी सरकार छोड्न तयार रहेको वताउनुभएको छ । शनिवार भएको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले आफूहरुको चासो यही सरकारले चुनाव गराओस् भन्नेमा रहेको पनि स्पष्ट पार्नु भएको छ । 

माओवादीले आगामी चुनावमा एमालेसँग सहकार्य गरेपछि सरकारमा बस्न नहुने कांग्रेस नेताहरुले वताइरहेका बेला दाहालले निर्वाचन सुनिश्चितताका लागि आफूहरुले सरकार बाहिर रहे पनि सरकारलाई दिएको समर्थन जारी राख्ने वताउनु भएको हो । दाहालले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको र सरकारलाई दिएको समर्थन चुनाव सम्पन्न गर्नका लागि जारी राख्ने वताउनुभयो ।

 ‘वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छौं’ दाहालको भनाई थियो, ‘कांग्रेस भन्छ भने हामी सरकारबाट बाहिरिन पनि तयार छौं । हाम्रो चासो चुनाव सुनिश्चित हुनुपर्छ भन्ने मात्रै हो ।’ 

उहाँले एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य अनुरुप एमालेसँग तालमेल भएको र यसले सत्ता गठबन्धनलाई कुनै असर नपर्ने समेत स्पष्ट पार्नुभयो । ‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो’ दाहालले भन्नुभयो, ‘यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।’ पार्टी एकताका विषयमा सांसदहरुले सोधेका प्रश्नहरुको अध्यक्ष दाहालले जवाफ दिनुभएको थियो । 
 
 

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

BvSwmw http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

nasrcrr लेख्नुहुन्छ | 14 दिन अगाडी

MTbV9y <a href="http://ijkponmkvqtj.com/">ijkponmkvqtj</a>, [url=http://kgycgfecpzvm.com/]kgycgfecpzvm[/url], [link=http://hrlklvxrglxw.com/]hrlklvxrglxw[/link], http://xbcvivmyfvlr.com/

To Top