समाचार / समाज

  सीमाका अवैध संरचना हटाउन नेपालको प्रस्ताव

असोज २२ २०७४     .
Epg meet


  काठमाडाैं ,असोज २२। नेपालले प्रबुद्ध समूहको बैठकमा सीमा क्षेत्रका बनेका अवैध संरचना हटाउन माग गरेको छ ।


आइतबार सम्पन्न नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा सीमा क्षेत्रमा बनेका संरचनाहरु हटाउने र दशगजा क्षेत्र खाली राख्नु पर्ने प्रस्ताव नेपाली पक्षले राखेको छ । दशगजा क्षेत्र खाली राख्नु पर्नेमा भारतीय पक्ष पनि सहमत देखिएको छ ।

एक सदस्यका अनुसार नेपालले कालापानी र सुस्ताको सीमा विवाद सदाका लागि अन्त्य गर्नु पर्ने मत राखेको छ । सीमा क्षेत्रमा रहेका जंगे पिल्लरहरु ममर्त लगायतका लागि प्राविधिक कमिटी बनाउन पनि दुबै पक्ष सहमत छन् ।

हवाइ मार्गबाट जाँदा जाँदा नगरिकता वा पासपोर्ट चाहिने तर, स्थलमार्ग कुनै कागजपत्र नचाहिने भन्दै एउटै सिस्टम कायम गर्नु पर्ने प्रस्ताव पनि नेपालले राखेको छ ।

प्रबुद्ध समूहको अर्को बैठक ११ र १२ नोभेम्बरमा दिल्लीमा बस्नेछ । समूहको कार्यकाल आगामी जुलाइमा सकिने छ । अहिलेसम्म स् १९५० को सन्धी पुनरावलोकका लागि छलफल भएपनि कुनै पनि बुँदामा ठोस सहमति भइसकेको छैन ।

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 16 दिन अगाडी

Px2rut http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

vcnlhkanfx लेख्नुहुन्छ | 14 दिन अगाडी

VMuLUZ <a href="http://mpvjpxqdxjsk.com/">mpvjpxqdxjsk</a>, [url=http://tvejauyxouqr.com/]tvejauyxouqr[/url], [link=http://feiwxuyvazjs.com/]feiwxuyvazjs[/link], http://iaeqwirgxqpp.com/

To Top