समाचार / स्वास्थ्य

गौचन र तिवारी हत्या मनोज समूहले गरेको प्रहरी निष्कर्ष

असोज २४ २०७४     ekhabarnepal

 

काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, प्रहरीको खोजी सूचीमा रहेका काभ्रेका दावा लामा र निर्माण व्यवसायी गौचन र तिवारी हत्या मनोज समूहले गरेको प्रहरी निष्कर्ष
अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने काममा मनोज पुन, लोप्साङ लामा तथा समिरमान बस्नेत समूहको हात रहेको प्रहरीले निष्कर्ष निकालेको छ । 

गौचन हत्याको अनुसन्धानमा खटेका प्रहरी अधिकारी तीनवटै घटना मनोज पुन समूहले गरेको बताउँछन् । “तिवारी, दावा र गौचनमाथि गोली प्रहार गर्ने मनोजकै ग्याङ हो । तीनवटै घटना आफूले गराएको भन्दै उनीहरुले जिम्मासमेत लिएका छन् ।” गौचन हत्यापछि मनोज पुन ग्याङको सदस्य बताउने लोप्चन लामाले प्रहरी अधिकारीलाई फोन गरी घटनाको जिम्मा लिएको बताइएको छ । 

“तिवारी घटनामा प्रस्टै थाहा भएको थियो मनोजको हात छ भन्ने, तर दावा हत्या प्रयास र सोमबारको घटनाको पनि सोही समूहले नै लियो,” ती प्रहरी अधिकारीले भने, “आफ्नो भ्यालु बढाउनकै लागि भए पनि हत्यापछि जिम्मा लिने गरेको देखियो ।”

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 15 दिन अगाडी

CZ6s7o http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

yylhdrv लेख्नुहुन्छ | 14 दिन अगाडी

MqTNYv <a href="http://ggetuaikmmdh.com/">ggetuaikmmdh</a>, [url=http://hkotjgrarllg.com/]hkotjgrarllg[/url], [link=http://mxbfxwnuftwk.com/]mxbfxwnuftwk[/link], http://lwvdcdvhfhou.com/

To Top