समाचार / राजनीति

सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या 

असोज २५ २०७४     .

 

सिरह,असोज २४– गत स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका स्थानीय नेताको रहस्यमय हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको हत्या भएको हो। 

घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले वताउनुभयो ।  काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए। कर्जन्हा नपा १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहको सोमबार मध्यरातमा हत्या भएको स्थानीय एमाले नेता जगदिश महतोले जानकारी दिनुभयो ।  ‘घटना स्थल हेर्दा मुर्छित हुने अवस्था छ। पुरै घर रक्ताम्मे बनेको छ’ महतोले भन्नुभयो । साहको हत्याले गाउँ शोकमा डुबेको छ।

सिरहाका प्रहरी प्रमुख तथा एसपी कोइरालाका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर उहाँको हत्या गरेका छन्। हत्या कसले र किन गरेको विषयमा अझै खुल्न सकेका छैन । तर घटनाबारे अनुसन्धान थालेको र अपराधिको खोजी भइरहेको उहाँले वताउनुभयो । हत्या गरिएका साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ।

2 प्रतिकृयाहरू प्राप्त

JimmiNil लेख्नुहुन्छ | 16 दिन अगाडी

b8TMj0 http://www.LnAJ7K8QSpfMO2wQ8gO.com

xiycdcwjpcz लेख्नुहुन्छ | 14 दिन अगाडी

mjOKKQ <a href="http://mtyvdjuplcdn.com/">mtyvdjuplcdn</a>, [url=http://yfpovdalozac.com/]yfpovdalozac[/url], [link=http://ylnxgnamixln.com/]ylnxgnamixln[/link], http://dyfcmoxrcpsa.com/

To Top