समाचार / विश्व

टेक्सासको चर्चमा गोली चल्यो, २६ जनाको मृत्यु

कार्तिक २० २०७४     .
1709486277texas1

 


वासिङ्टन (एजेन्सी),कार्तिक २०– अमेरिकाको टेक्सास राज्यको एउटा गिर्जाघरमा आइतबार गोली चल्दा २६ जनाको ज्यान गएको छ। टेक्सासको सानो शहर विल्सन काउन्टीमा रहेको एउटा बाप्टिस्ट चर्चमा यो घटना भएको थियो। 

चर्चमा प्रार्थनासभाका लागि गएका श्रद्धालुमाथि एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ। घटना स्थानीय समयअनुसार बिहान साढे एघार बजे भएको थियो। गर्भनर जर्ज एबोटले घटनाको पुष्टि गर्दै टेक्सासको इतिहासमै यति ठूलो आततायी घटना भएको बताए। 
 

0 प्रतिकृयाहरू प्राप्त

To Top