समाचार / अर्थ

पेट्रोलियम डिलर्स एशोसिएसमा न्यौपानेको प्यानलै  निर्वाचित

कार्तिक २१ २०७४     .
Prem 768x768

 
बुटवल,कार्तिक २०  ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएस बुटवलको सम्पन्न चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पुनः प्रेम न्यौपानेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।

एशोसियशनको सोमबार बुटवलमा सम्पन्न अधिवेशनबाट न्यौपाने पुनः अध्यक्षमा दोहोरिनु भएको हो । न्यौपानेले १७५ मत प्राप्त गर्नु भएको हो भने उहाँका प्रतिस्प्रर्धि अशोक गुरुङ्गले १०२ मत प्राप्त गर्नु भएको थियो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा हिमाल गैरे निर्वाचित हुनु भएको छ । गैरेले १८५ मत प्राप्त गर्नु भयो भने उहाँको प्रतिस्प्रधि भुवन कुमार कान्दुले ८७मत प्राप्त गर्नु भएको थियो । यस्तै प्रथम उपाध्यक्षमा योगेन्द्र गुप्ताले १६० मत प्राप्त गरि निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्प्रधि मोहमद जाकीर लारीले ११० मत प्राप्त गर्नुभयो ।

त्यसैगरी द्वीतिय उपाध्यक्षमा रजनिशराज आचार्य १५४ मत ल्याएर निर्वाचित हुनु भयो भने उहाँका प्रत्यासि ओमप्रकाश चौधरीले ११८ मत ल्याउनु भएको थियो ।

यस्तै एशोसियशनको महासचिवमा हरिराम कशौधन, सचिवमा गोपालप्रसाद बस्याल, कोषाध्यक्षमा विशाल गैरे र सहकोषाध्यक्षमा निरजनारायण श्रेष्ठ निर्वाचित हुनु भएको हो । त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद तिवारी, सन्तोषकुमार जोशी, दिनेश न्यौपाने, दिपक भट्टराई, नारायणबहादुर विष्ट, प्रदिपकूमार कनोडिया, बिष्णुदेव ओझा, लोकप्रसाद भुसाल, डासिराम अधिकारी निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकारी महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सोमबार भएको निर्वाचनमा न्यौपाने प्यानलका अधिकांश सदस्यहरु निर्वाचित भएका हुन् । निर्वाचनमा न्यौपाने र गुरुङ्ग प्यानलै बनाएर चुनावी मैदानमा होमिनु भएको थियो । एशोसियशनको अधिवेशनको उद्घाटन आइतबार भएको थियो ।

0 प्रतिकृयाहरू प्राप्त

To Top