समाचार / अर्थ

मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यवसायीहरु मर्कामा परेको गुनासो

कार्तिक २४ २०७४     .
Dsc 7169

 
हरिश ढकाल
बुटवल, २३ कार्तिक । सरकारले मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीहरुलाई हेर्ने दृष्टिकोण र अब्यबहारिक नितिका कारण ब्यबसायीहरु मर्कामा परेको गुनासो गरिएको छ । मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायीहरुले प्रयोग गर्ने अधिकांश सामाग्री कृषि उत्पादन हुने भएकोले बिल बिजकहरु उपलब्ध नहुने तर राज्यले भ्याट लगाएतका कर लगाउने भएकाले समस्या उत्पन्न भएको उनिहरुले बताएका छन । 
रुपन्देही मिष्ठान्न तथा क्याटेरिङ व्यावसायी संघको १३ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनमा सहभागि बक्ताहरुले सरकार, स्थानिय निकाय, ट्राफिक प्रहरी लगाएतका बिभिन्न पक्षबाट शोषित पीडित हुने र आवान्छित तत्वहरुबाट समेत बेलाबेलामा प्रताडित हुनुपरेको उनिहरुले जानकारी गराए । कार्यक्रममा अन्य सहभागि बक्ताहरुले भने मिष्ठान्न तथा क्याटेरिङ व्यवसायीहरुले स्वच्छ प्रतिश्पर्धा र शुद्धतामा ध्यान दिनु पर्ने खाँचो औंल्याए । मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको खाद्य पदार्थलाई गुणस्तर बनाउनु पर्ने भन्दै उनिहरुले ब्यबसायमा नभै बस्तु र सेवाको गुणस्तर बृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने कुरामा उनिहरुले जोड दिएका थिए । 
कार्यक्रमको उदघाटन गर्दै खाद्य, प्रबिधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख हस्तबहादुर राईले ब्यापार गर्ने अधिकार भएपनि आम उपभोक्ताहरुलाई गुणस्तरिय र स्वच्छ खाद्य पदार्थ खुवाउने दायित्वलाई व्यवसायीहरुले भुल्न नहुने बताए । कम आम्दानीबाट बढि प्रतिफल खोज्दा गुणस्तर कम हुने भएको भन्दै गुणस्तर बृद्धि भए उपभोक्ताको रोजाईमा पर्ने पनि उनले बताए । कानुन भन्दा कोही पनि माथि नभएको भन्दै राईले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिदै गुणस्तरिय सेवा प्रदान गर्न आग्रह गरे । 
त्यस्तै बुटवल उपमहानगरपालिकाकी का.वा.प्रमुख गुमादेवी आचार्यले मिष्ठान्न पसल, क्याटेरिङ सर्भिस तथा होटल रेस्टुराँहरुमा गुणस्तरिय बस्तुको उपभोग गर्नका लागि बातावरण तयार पार्न बिभिन्न कार्यक्रम ल्याउने जानकारी दिईन । यसका लागि सम्बन्धित क्षेत्रका दक्ष जनशक्ति उत्पादनका लागि उपमहानगरपालिकाले विभिन्न तालिमहरु सञ्चालन गर्न लागेको बताईन । संघका अध्यक्ष लक्ष्मण पोखरेलले रुपन्देहीका एकसय भन्दा बढि ब्यबसायीहरु बिच एकताभै बनेको संघले गुणस्तर र शुद्धतामा ध्यान दिनुका साथै बिभिन्न सामाजिक तथा रचनात्मक कार्यहरु गर्दै आईरहेको बताए । 
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, भक्तपुर मिष्ठान्न तथा क्वाटरिङ व्यवसायी संघका सह सचिव कृष्णशरण चौधरी, काभ्रे मिष्ठान्नका उपाध्यक्ष शिवप्रसाद तिमिल्सीना, संघका कानुनी सल्लाहकार धनश्याम पन्त, उद्योग व्यापार संगठनका अध्यक्ष खेमबहादुर श्रीस, प्रसिद्ध वाटर ईन्डस्ट्रिज सञ्चालक खगेन्द्र प्रसाद शर्मा, संघका प्रेस सल्लाहकार हरिश ढकाल लगाएतले क्याटेरिङ्ग तथा मिष्ठान्न ब्यावसायीका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए । सो अबसरमा मिष्ठान्न तथा क्याटेरिङ्ग ब्यबसायको पहिचान र मर्यादित बनाउन संचारको क्षेत्रबाट योगदान पुराएको भन्दै पत्रकार स्वस्तिक श्रेष्ठलाई सम्मान सहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो । 
संघका अध्यक्ष लक्ष्मण पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष किशोर गौतमको स्वागत मन्तब्य र संचालन सचिव कृष्ण सापकोटाले गरेका थिए भने कोषाध्यक्ष बलराम पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 
 

0 प्रतिकृयाहरू प्राप्त

To Top