समाचार / समाज

मतदाता शिक्षाको समय छोटो ः आयोग

कार्तिक २४ २०७४     .
Matdata education


बुटवल, कार्तिक २४
आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा बदर मत प्रतिशत बढ्न सक्ने आशंकाबीच निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम छोट्याएको छ । आयोगले मतदाता शिक्षा कार्यक्रम पूर्वनिर्धारित योजनाभन्दा पहिलो चरणको निम्ति दुई साता ढिलो २५ गतेबाट शुरु गर्दैछ ।
मतपत्रमा परिवर्तन गरिएकाले छापिइसकेका करिब ५५ लाख मतदाता शिक्षा सामग्री फेरि छपाउनु पर्दा कार्यतालिका प्रभावित भएको आयोगको भनाइ छ । ती सामग्री छपाइमा १० करोड रुपियाँ खर्च भएको थियो ।
आयोगका प्रवक्ता नवराज ढकालले भने, अब मतदाता शिक्षा कार्यकर्ता पहिलो चरणका लागि १५ दिन मात्र र दोस्रो चरणको लागि करिब २९ दिन परिचालित हुनेछन ्। मतदाता शिक्षालाई प्रभावकारी बनाउन केही कठिनाइ भएकै हो ।
आयोगले निर्वाचन स्वच्छ र मर्या्दित बनाउन सरकारको सहयोगको निम्ति बिहीबार उच्च सरकारी अधिकारीहरुसँग सामूहिक छलफल गरेको थियो ।
यस्तो अवस्थामा दलका कार्यकर्ता, स्वयंसेवक र सरकारी कर्मचारीको जिम्मेवारी थप बढेको आयोगको भनाइ छ । 
उसका अनुसार दुबै तहको पहिलो हुनेले जित्ने प्रत्यक्षतर्फको एउटै मतपत्र रहने व्यवस्थाअनुसार मतदाता शिक्षा सामग्री छपाइ सकेको थियो ।
तर सर्वोच्च अदातलको आदेशपछि दुईवटा मतपत्र छाप्नुपरेकाले आयोगमा छापिएर आइसकेका करिब १० थरी सामग्री काम नलाग्ने भएका छन् । प्रवक्ता ढकालले भने, भोट हाल्ने तरिका र मतदान केन्द्रको ढाँचामै फेरबदल लगायतका कारणले समय नपुगेको हो ।
कतिपय जानकारहरुले छुट्टाछुट्टै मतपत्र छाप्न सक्ने सामर्थ्य हुँदाहुँदै एउटै मतपत्र छाप्ने आयोगको पहिलेको निर्णयका कारण मतदाता शिक्षा प्रभावित हुनुका साथै अनावश्यक रुपमा खर्चभार बढेको भन्दै आयोगको आलोचना गरेका छन् ।
तर अरु कतिपय चाहिं ऐतिहासिक रुपमा महत्वपूर्ण सावित हुने चुनाव श्रृंखलाबद्ध रुपमा गराइदा हुने यस्ता विषयलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top