समाचार / विश्व

इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा ६५ जनाको मृत्यु

कार्तिक २७ २०७४     .
 iraqearthquake


सोमवार, कार्तिक २७

काठमाडौं । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ। इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७.३ रहेको जनाइएको छ।

भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन्। इराकको राजधानी बग्दादस्थित ठूला स्पीकरहरु राखेर प्रार्थना भइरहेका छन्।

इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।

भूकम्पपछि त्यहाँको विद्युत् र सञ्चार सेवा अबरुद्ध भएको छ । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इराकको राजधानी बग्दादका नागरिक प्रार्थनामा जुटेका छन् । इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तिमा पनि ८ वटा गाउँमा ठूलो क्षति पुगेको खबर आएको बताएका छन् ।

इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महसुस गरिएको बताइएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top