समाचार / स्वास्थ्य

बुटवलमा मधुमेह शिविर गर्यो लायन्स क्लवले 

कार्तिक २८ २०७४     .
23561739 10210968797480677 2322030771880061801 n


बुटवल, कार्तिक २८ गते 
विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ जोन् ५६ ले विशेष अभियान सहित डायविटीज परिक्षणको प्रारम्भ गर्यो । कार्यक्रमको उद्घाटन गर्दै  बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरका सवै नागरिकको स्वास्थ्य परिक्षणका लागि निजी क्षेत्रसंग समन्वय गरेर अभियान शुरु गरिने प्रतिवद्घता प्रकट गर्नुभयो । 
लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ का भ्वाइस डिष्टिक गर्भनर सुनिल ओझाले लायन्सले संसारभरिनै आज यो कार्य गरेको सन्दर्भमा यस ठाउमा गरिएको कामले जनस्तरले लाभ लिनसक्ने विचार राख्नुभयो । 
जोन संयोजक सूर्यबहादुर भट्टराईको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा हरेक ६ सेकेण्डमा एकजनाको मृत्यु  सुगरकै कारण हुने भएकोले पनि हामीहरु यसप्रति सम्वेदनशील भएर यो अभियान गरिएको धारणा राख्नुभयो ।
 सो अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ का मिडिया एण्ड पब्लिकेशनका संयोजक डी. आर. घिमिरेले आगामी १० वर्षभित्र संसारभरिका सुगर रोगीहरुमध्ये ९० प्रतिशत दक्षिण एशिया र त्यसमा पनि भारतको वरिपरि हुने अनुमान गरिएकोले नेपाल उच्च प्रभावित मुलुकभित्र पर्दैछ भन्दै खानपान, आहार विहार र रहनसहनमा ख्याल गरे यो रोग स्वतः ठिक हुने विश्वास ब्यक्त गर्नुभयो 
बुटवल उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष रमेश नेपालले यस वार्डलाई छानेर शिविर गरिएकोमा खुशी ब्यक्त गर्नुभयो । “नियमित रक्त जांचको उपहार, स्वस्थ्य जीवनको आधार” भन्ने नारालाई सार्थक वनाउन गरिएको यो अभियानमा रम्भादेवी कलेजले प्राविधिक सहयोगमा गरेको हो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारमा ३८ करोड ब्यक्ति यसवाट प्रभावित छन । सन् २०१३ मा ५१ लाखको ज्यान सुगरकै कारण गएको थियो 
यो जोन अन्तर्गत् लायन्स क्लव अफ रुपन्देही, लायन्स क्लव अफ सेन्ट्रलपार्क,लायन्स क्लव अफ दाउन्ने नवलपरासी र लायन्स क्लव अफ कपिलवस्तु छन् ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top