समाचार / समाज

महिला मञ्च नेपालले गर्यो डेढ लाख वरावरको भौतिक सहयोग 

कार्तिक २८ २०७४     .
23472326 10211107428941780 4497324775883643419 n


बुटवल, कार्तिक २८ गते 
महिला मञ्च नेपालले स्थापना दिवसको अवसरमा लुम्विनी दृष्टिविहीन अपाङ्ग तथा अनाथ आश्रम बुटवलका बालबालिकालाई करिव डेढ लाख रुपैया वरावरको भौतिक सहयोग गर्नुका साथै निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्यो । 
बुटवल उपमहानगरपालिका वार्ड नं १३ मा रहेको आश्रमलाई पंखा, डायनिङ्ग टेवल, साउण्ड वक्स, बाकस, शैक्षिक सामाग्री, डेढ क्वीन्टल चामल, तीन थान पलङ्ग, १५ थान टिसर्ट, हार्मोनियम, १८ जोर जुत्ता, नगदसमेत गरि सो सहयोग गरेको हो । 
मञ्चकी अध्यक्ष मधुकला कुंवरको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य, वडा नं १२ र १३ का जनप्रतिनिधि तथा सहयोग दाताहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । सो अवसरमा उपप्रमुख आचार्यले अनाथ आश्रम जस्तो समाजसेवी सस्थालाई सहयोग गरेकोमा प्रशंसा गर्नुभयो । उक्त अवसरमा वडा नं.१३ का अध्यक्ष नारायण पुःन, बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विजयदेव भूर्तेल, गैरसरकारी सस्था महासंघका उपाध्यक्ष रीमा वीसी, सस्थाका सल्लाहाकार कुलविक्रम खनाल, उपाध्यक्ष लक्ष्मी घिमिरे, सचिव सावित्रा रेग्मी, वडा सचिव द्घय रमाकान्त आचार्य तथा प्रचण्डराज आचार्य लगायतले मन्तब्य राख्नुभएको थियो ।

0 प्रतिकृयाहरू प्राप्त

To Top