समाचार / खेल

एसीसी यू १९ एसिया कप : भारतको हारसँगै नेपाल पहिलोपटक सेमिफाइनलमा 

कार्तिक २८ २०७४     .
Nepal u 19 team m08odmwbhq pbl6168tem


काठमाडौैं, कात्तिक २८  : एसीसी अन्डर १९ एसिया कपमा नेपाल सेमिफानलमा पुगेको छ। नेपालले यो सफलता पहिलोपटक पाएको हो भने डिफेन्डङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ। भारत र बंगलादेशबीचको खेलमा भारत पराजित भएपछि नेपालले रनरेटका आधारमा दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो। समूह 'ए' को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो। बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बनेको हो। समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गरे पनि नेपालका दोस्रो चरणको संभावना भारत र बंगलादेशबीचको खेलमा निर्भर थियो।  समूह ए बाट बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको छ। प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो भने आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो।  
 

0 प्रतिकृयाहरू प्राप्त

To Top