समाचार / समाज

रानीबारीमा दुई जनालाई रु १४ लाखसहित प्रहरीले पक्राउ गरेको छ

मंसिर १६ २०७४     ekhabarnepal
Th %282%29

महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो ।

अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।  वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने ठूलो परिणाममा रकम फेला पारिएको बताए । उनका अनुसार के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top