समाचार / समाज

दलितको हक अधिकार सुनिस्चित गर्छौ - बाम गठबन्धन

मंसिर १६ २०७४     ekhabarnepal
A

 

मंसिर १६ ,दलितको अगुवाई गर्ने दल नेकपा एमाले र माओवादी केन्द्र भएको हुनाले दलितहरुका हक अधिकार बाम गठबन्धनले नै सुरक्षित गर्ने नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले बताएका छन् ।

 मुक्ती समाज नेपाल र दलित मुक्ती मोर्चा संयुक्त निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३ को आयोजनामा भएको कार्यक्रममा बोल्दै भुषालले १० बर्षे जनयुद्ध देखी नेता कार्यक्रताहरुको संरक्षण दलितहरुको हक अधिकार प्राप्तीका निम्ती लडेको इतिहास नेकपा एमाले र नेकपा माओवादी केन्द्र भएको क्षेत्र नं ३ संयुक्त बाम गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका भुषालले बताएका थिए ।

 संयुक्त दलित बाम निर्वाचन परिचालन समितिका संयोजक प्रेम कुमार सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त बाम गठबन्धन क्षेत्र नं ३ प्रदेश १ सदस्यका उम्मेदवार विश्वास बराल अनुप, सिद्धार्थनगर नगरपालीकाका मेयर हरि प्रसाद अधिकारी,संयुक्त बाम दलित जिल्ला निर्वाचन निर्देशक तथा नेकपा माओवादी केन्द्र का केन्दीय सदस्य विनोद पहाडी, नेकपा एमाले प्रदेश सभा सदस्य समानुपातीक पदका उम्मेदवार कमला विश्वकर्मा, मुक्ती समाज नेपालका जिल्ला अध्यक्ष जुद्ध बहादुर विके, दलित अगुवा नेता त्रिलोक नारायण सिंह विके लगायतले दलितका आवाजहरु बाम गठबन्धनले मात्रै बुलन्द गर्न सक्ने मन्तव्य राखेका थिए । दलित मुक्ती मोर्चाका नगर अध्यक्ष ध्रुव लाम्घादेको स्वागत र सचिव रेशम लाम्घादेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

0 प्रतिकृयाहरू प्राप्त

To Top