समाचार / समाज

प्रहरीले बालाजुबाट १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ

मंसिर १७ २०७४     ekhabarnepal
Gold

काठमाडौं । काठमाडौंको बालाजुबाट शनिबार साँझ १० किलो अवैध सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवाको केरुङ नाकाहुँदै भित्रिाइएको १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर ल्याउँदै गरेको सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाका बारेमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top