समाचार / खेल

एसियन स्काइरनिङ च्याम्पियनसिपको स्वर्ण पदक मीरा राईले हात परिन,

मंसिर १८ २०७४     ekhabarnepal
Mira rai champion 1

काठमाडौँ । अल्ट्राधावक मीरा राईले हङकङको एमएसआइजी लान्ताउ ५० एसियन स्काइरनिङ च्याम्पियनसिपको उपाधि जितेकी छन्। उनले प्रतिस्पर्धीलार्इ एक घण्टा बढीको समयले पछि पार्दै ५० किलोमिटर लामो दौड पूरा गरी स्वर्ण पदक जितेकी हुन् ।

पुरुषतर्फको स्वर्ण स्पेनका क्रिष्टोफर क्लिमेन्टले जितेका छन्। क्लिमेन्टले ५ घण्टा ४९ मिनेटमा दूरी पूरा गरे । मिराले ६ घण्टा ५० मिनेटमा दूरी पुरा गरिन्। प्रतियोगितामा अन्य सबै पदक जापानी धावकहरुले जिते ।

‘यो निकै कठिन दौड थियो, धेरै उकालो र ओरालो गर्नुपर्ने थियो,’ सन् २०१७ को नेसनल ज्योग्राफिक एडभेन्चर अफ दि इयर मीराले दौडपछि भनिन्, ‘यो दौडमा जम्मा साढे ३ किलोमिटर त उकालो नै चढ्नुपर्ने थियो।’पुरुषतर्फ मियुरा उइची र काजुआकी होसिनो क्रमशः दोस्रो र तेस्रो भएका थिए। मियुराले ६ घण्टा २ मिनेट र होसिनोले ६ घण्टा ३९ मिनेटमा दूरी पार गरे।

महिलातर्फ जापानकै युकारी होसिनो र काओरी निवाले क्रमशः ७ घण्टा ५२ मिनेट र ८ घण्टा २ मिनेटमा दूरी पुरा गरेर दोस्रो र तेस्रो पदक जिते ।उपाधि जितेपछि उनीसँग सेल्फी खिच्नेहरुको भीड लागेको थियो। लिगामेन्ट घाउ भएका कारण केही समय विश्राम लिएकी मीराले अझै ठीक भइनसकेको बताइन् आगामी जनवरीमा हङकङमा हुने गोर्खा ट्रेलब्लेजरमा उनीसहित अन्य नेपाली धावक पनि सहभागी हुँदैछन् ।

मीराले सन् २०१४ मा इटालीमा ५७ किलोमिटरको, हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन जितिसकेकी छन् । उनले ‘नेशनल जोग्राफीले एड्भेन्चर अफ दि इयर २०१७’ उपाधि पनि जितिसकेकी छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top