समाचार / समाज

प्रहरीले तनहुँको आँबुखैरेनीबाट चार थान पेस्तोलसहित तीन जनालाई पक्राउ

मंसिर १८ २०७४     ekhabarnepal
Img 0027

तनहुँ । प्रहरीले तनहुँको आँबुखैरेनीबाट ४ थान पेस्तोल र गोलीसहित सोमबार बिहान ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा आँबुखैरेनी गाउँपालिका–३ का २८ वर्षीय अभियान श्रेष्ठ, वडा नम्बर–४ का २४ वर्षीय विजय गुरुङ र सोही स्थानका २६ वर्षीय जय गुरुङ रहेका छन् ।

प्रहरीले युएसएमा निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, ३ थान एक्स्ट्रा म्याग्जिन, ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको इटालियन पेस्तोल १ थान, म्यागनम हतियारमा लाग्ने गोली ४८ थान, खेलौना पेस्तोल १ थान र चक्कु १ थान बरामद गरेको छ ।

आँबुखैरेनी गाँउपालिका–३ मा रहेको अभियान श्रेष्ठको घरमा पक्राउ गर्ने गएका प्रहरीसँग भीडन्त गर्ने प्रयत्न गर्दा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका सबैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top