समाचार / समाज

यमनका पूर्व राष्ट्रपति सालेह मारिएसँगै नाकाबन्दी अन्त्यको घोषणा

मंसिर १९ २०७४     ekhabarnepal
Former president of yemen ali abdullah saleh

एजेन्सी । यमनका भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन् ।

भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको मृत्युसँगै देशद्रोही लडाकूले निम्त्याएको संकटको अन्त्य भएकोे घोषणा गरिएको छ । साउदी टेलिभिजन संस्था अल–अरेबियाले सालेहका जेनरल पिपल्स कंग्रेस पार्टीसँग सम्बन्धित स्रोतले पनि सालेह मारिएको पुष्टि गरेकोे छ ।लामो समयदेखि जारी राजनीतिक तनाव र विद्रोही नियन्त्रित राजधानी सन् आमा रहेको एक मुख्य मस्जिदमाथिको नियन्त्रणलाई लिएर उत्पन्न विवादका कारण भीषण झडप भएको थियो ।

बुधबार रातिदेखि भएको झडपमा परी कम्तीमा १ सय २५ जनाको ज्यान गएको र २ सय भन्दा बढी घाइते भएका छन् । तर शनिबार सालेहले हादीको समर्थन गर्दै आएको साउदी–नेतृत्व गठबन्धनसँग नाकाबन्दी अन्त्यको प्रस्ताव राख्दै यमनमा नयाँ अध्याय शुरु गर्न सकिने उल्लेख गरेका थिए ।संयुक्त राष्ट्रसंघका अनुसार गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरेयता यमनमा महिला तथा बालबालिकासहित साढे आठ हजार भन्दा बढी मानिसहरुको ज्यान गएको छ । र झण्डै ५० हजार घाइते भएका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top