समाचार / खेल

युएईबिरुद्धको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ५४ रनमा आउट

मंसिर २० २०७४     ekhabarnepal
Th %281%29

२० मंसिर, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाली ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् ।२४.२ ओभरमा दोस्रो विकेटका रुपमा युएईका रोहन मुस्तफाको बलमा एलबीडब्ल्यूको धरापमा पर्नुअघि मल्ले ५४ रनको संयमित अर्धशतकीय पारी खेले ।

युएईको शेख जायद रंगशालामा ८३ बलको सामना गरी मल्लले ६ चौका प्रहार गरे । मल्लले शरद भेषाकरसँग मिलेर ४१ रनको साझेदारी गरे ।नयाँ ब्याट्सम्यानको रुपमा कप्तान पारस खड्का क्रिजमा आएका छन् । भेषावर ११ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका छन् ।यसअघि नेपालले ओपनर दिलिप नाथलाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाइसकेको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top