समाचार / राजनीति

भक्तपुरको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड

मंसिर २१ २०७४     ekhabarnepal
Th %283%29

२१ मंसिर, काठमाडौं । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत छन् । अर्का व्यक्तिको परिचय खुलेको छैन । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मतदान भइरहेका बेला कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ । कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् ।

झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तोडफोडसमेत भएको छ । फेसबुक लाइभमा कुराकानी गर्दै झडप भएको भक्तपुर क्षेत्र नं. २ बाट एमाले उम्मेदवार महेश बस्नेतले कांग्रेसले बुथ कब्जा गर्न खोज्दा एमाले कार्यकर्ताले प्रतिवाद गरेको दाबी गरे ।कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले भने कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको आरोप लगाएका छन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top