समाचार / राजनीति

१ बजेसम्म ४० प्रतिशत मत खस्यो

मंसिर २१ २०७४     ekhabarnepal
Th %284%29

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ ।

निर्वाचन आयोगका आनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवम् उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

बिहीबार बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।पहाडी तथा तराईका गरी ४५ जिल्लामा आज सञ्चालन भइरहेको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top