पहिरोले घर भत्काउँदा एकैघरका तीन जनाको मृत्यु 

समाज असार २८ २०७५ ekhabarnepal
36943048 441805386294845 5089132475884503040 n

भक्तपुर २८, असार 

 अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा भक्तपुरमा एकैघरका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरकानुसार चाँगुनारायण नगरपालिका–७ मझुवामा पहिरोले टहरा भत्काउँदा  ७० वर्षीय बाजे हिराबहादुर दामा उनकी पत्नी वर्ष ६५ की पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको हो ।

छोरा बुहारी अर्को घरमा सुतेकाले केही नभएको प्रहरीले जनाएको छ ।

यसबीच हनुमन्ते खोलाको बाढी पस्दा अवरुद्ध राजमार्ग पानीको सतह घटेपछि खुलेको छ  भने बाढीमा फसेकाहरूको डुंगा र क्रेनको सहायताले उद्धार जारी रहेको प्रहरीले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top