मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय

राजनीति असोज ४ 2077 ekhabarnepal
Nekapa meeting perisdada erwxtnjzme

काठमाडौं, असोज ४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । 
स्थायी कमिटी बैठकको निर्णय अनुसार सचिवालयले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । 
२०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित थिए । 
भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।

‘मन्त्रिपरिषद् पुनर्गठन स्थायी कमिटीको निर्णयानुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा सचिवालयले विभिन्न नीतिगत रूपमा सुझाव दिए पनि व्यक्तिको वारेमा विषय प्रवेश गरेन । 

प्राप्त प्रतिकृयाहरू

To Top