कोइली खोलाले जिप बगाउँदा २ जनाको मृत्यु, एकजना बेपत्ता

समाज असोज ७ 2077 ekhabarnepal
800x538 1600865528


  बुटवल,असोज ७ । सानो खोला । वर्षा वा हिउँद जहिले पनि कज वे वाट सवार हुनु पर्दथ्यो । अफ्टेरो थियो । त्यसैले यसै वर्ष पुल वन्दै थियो । तर, विडम्वना यही वर्ष आजैका दिन  कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलाले एक जनाको ज्यान लियो र २ जना वेपत्ता छन् ।

नेपाल विद्युत प्राधिकरणका कर्मचारी सवार बा १ ञ १०८९ नम्वरको जिप बगाउँदा दुई जनाको दुःखद मृत्यु र एक जना बेपत्ता भएका छन् । एक जनाको शव गाडी भित्र रहेको र निकाल्ने प्रयास भइरहेको बताईएको छ । जिप भित्र बिद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना ब्याक्ती समेत थिए ।

 छ जना सवार भएपनि तीन जनाले जिपबाट हामफालेर ज्यान बचाएका छन् । 

मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको शसस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीले बताए ।

बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्डको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले उनीहरु सवार जिप बगाएको हो । जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा उनीहरु सवार जिप बाढीले बगाएको हो।

जिपमा ४ जना बिद्युतका कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ सर्वसाधरण भाग्न सफल भए ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेको छ । बाढीले बगाएको जिपलाई भने डोजर लगाएर निकालिएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top