शिक्षा सुधारका लागि चार खम्वा सुधारको आबश्यक

समाज असोज ८ 2077 ekhabarnepal
1


भविन्द्र घिमिरे  
कोभीडको महामारी विचमा अनलाइन कक्षा ,अस्थायी, सिकाइ र आवश्यक शैक्षिक समाग्रीको व्यवस्था गदै वालवालिका, अभिभावक, शिक्षकलाइ विस्तारै नियमित रुपमा पठनपाठनतर्पm फर्काउन स्थानिय तह लागिरहेका छन ।  अहिले पविधी र आधारभूत शैिक्षक सामाग्री का साथ हामि सवेको सहगोगको आवश्यकता छ । सरकारले पनि सम्पूर्ण विद्यालय तथा विद्यार्थीलाइ इन्टरनेट सेवा उपलव्ध ग।राउन निर्देशन जारी गरिसकेको छ । समाजशास्त्रीय दृष्टिकोणवाट क्षिक्षाको परीणाम मानविय व्यवहार र मानव विकासको सूचकांकहरुमा आएको परिवर्तनलाइ आधारभुत सूचकका रुपमा लिने गरिन्छ ।  यस विषम परिस्थतिमा सिकाइलाइ कसरी व्यवस्थित ,सुरक्षित र उपलव्धिपूणर््ा वनाउन सकिन्छ । यही विषयमा  यस लेखमा समस्या उठान र समाधानका उपाय समेत सुझाउने कोशिस गरिने छ । शिक्षक, विद्यार्थी र अभिभावक शिक्षाका तिन खम्वा हुन् । शिक्षाको सुधारका लागि पहिले तिन खम्वाकावारे चर्चा गरीने गरिएको भएपनि यहाँ चार खम्वाकावारेमा चर्चा गरिएको छ । 
 शिक्षक  
शिक्षक सरकारी नितिको कारिन्दा मात्र होइनन् । उनिहरु त कसरी शिक्षालाइ उपलव्धि मुलक वनाउन सकिन्छ भनेर खोजी गर्ने अनुसन्धानकर्ता पनि हुन् । किनकि उनिहरु सधै अबोध बालकसँग आएका जिज्ञाशा मेटाउने कोशिसमा छन् । दिनहु फिल्डमा छन् । राज्यले महगो शुल्क तिरेर पढाउन नसक्ने जनता का लागि तलब र सुविधा दिएको जिम्मेवारी दिएको छ । समाजलाइ वदल्ने जिम्मेवारी दिएको छ ।  सभ्य समाज निर्माणका लागि सवैको आशा रहेको छ । आगामी पिढिको भविश्य निमार्णको जग तयार गर्ने अभिभारा दिएको छ ।
शिक्षक सभ्य समाज निर्माणका नेतृत्वकर्ता हुन् । काँचो पिठो जसरि रोटी तयार गरिन्छ त्यसरी नै असल शिक्षकले अवोध वालवालीकालाइ सफल जिवनको आधार तयार गरिदिन्छन । सिकाइ उपलव्धिका आधारमा आएको परिणाममुखी शैक्षिक सूचकांक नै शिक्षण प्रभावकारी भए नभएको प्रमाणित गर्ने आधार हो भनिन्छ । तर सिकाइ मूल्यांकन  ठीक तरिकाले भएको हुनुपर्छ । असल शिक्षणको मापनका आधार कसरी वनाउने भन्ने विषयमा बहस लामो चलेको छ । समाजशास्त्रीय दृष्टीकोणवाट क्षिक्षाको परीणाम मानविय व्यवहार र मानव विकासको सूचकांकहरुमा आएको परिवर्तनलाइ आधारभूत सूचकका रुपमा लिने गरिन्छ ।  शिक्षकले आफ्नो काममा भन्दा राजनितिक क्रियाकलापमा समय विताएको आरोप लागिरहेको छ । यस्तो बेला हामी निष्पक्ष रुपमा क्षिक्षाका चार खम्वा मध्ये क्षिक्षकले आपmनो इज्जत जोगाउने हो भने आजै देखि निम्न अुनसारका साना तर गम्भिर ठाउँमा चुकेका कुरा सच्चाउन जरुरी रहेको छ । 
    वोर्डमा लेख्ने कुरामा अल्छि गर्ने बानी हटाउने, 
    आवश्यक तयारीका लागि कक्षामा जाने,अध्यानशिल बन्ने, 
    कार्यमुलक अनुसन्धानमुलक शिक्षण वनाउने ,
    रचनात्मक रुपमा स्थानिय शैक्षिक सामाग्रीको प्रयोग गर्ने ,
    आफु असल सिर्जनात्मक शिक्षक बन्न प्रयास गदै शिक्षक भएकोमा गर्भ गर्ने ,
    वाल मैत्रिमुलक शिक्षण विधि वा  सिकेर सिकाउने (जिज्ञासामुलक  शिक्षण) गर्ने कुरामा जोड दिने ,
    छलफल गरि सिक्ने अवधारणा प्रयोग गरि सिकाइ सहजकर्ता रुपमा रही निचोड दिने
    समस्या समाधान शिक्षण विधि अपनाउने , नियमित कक्षामा आउन,े 
    अबलोकन बिधिको प्रयोग गरि रटाउने बिधि हटाउने ।
 सामुदायकि विद्यालयका शिक्षकले भन्छन्, हामी गरिवहरुका छोरा छोरी पढाउँछौ । निजि स्कूलले शुल्क तिर्न सक्नेलाइ पढाउछन् । हामीलाइ सरकारले शुल्क लिन वन्देज लगाएको छ । हामी कसरि राम्रो परिणाम ल्याउन सक्छौ ? हो, अनुभव साट्दा  केही सरकारी स्कूलमा अभिभावकसंग सल्लाह गरेर थोरै शूल्क लिएर सानो योजनावद्ध प्रयास गर्दा राम्रो परीणाम आएको देखियो । यद्यपि शुल्क शाधन मात्र हो गर्ने  शिक्षकले नै हो । अभिभावक संघका प्रतिनिधि भन्छन्,  साधनको अभाव वाहाना मात्र हो हामी सहयोग गर्न चाहान्छौ योजना र हिसाव पारदर्शि बनाएर आउनुहोस । त्यसैले हामी समस्या देखाउदै कति दिन बस्ने ? 
 विद्यार्थी
विद्यार्थी जिज्ञासु छन् । उनिहरुमा मानसिक पीडा त छदै छ । अझा वढी  पनि अभाव  छ । पाठ्यपस्तक ,कापिकलम ,र उपयुक्त आहारको अभावमा स्कलमा आए पनि घर जादा पुन पारिवारिक समस्याले पढाइलाई निरन्तरता दिन कठिन भैरहेको छ । अभिभावक मामको खोजिमा काममा जादा उपयुक्त वातावरण घरमा लिन सकिरहेका छैनन् । विद्यार्थीलाई समय दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा वालवालिकाले निम्न अनुसारको अपेक्षा गरिरहेका हुँदारहेछन् ।
    अवलोकन भ्रमण 
    खेलकुद 
    सास्कृतिक कार्यक्रम 
    मनोरन्जन
    प्रयोगात्मक अवसर । 

 ब्यवस्थापन समिति तथा अभिभावक
 
स्कुल व्यवस्थापन समितिलाइ प्राध्यापकले बनाएको शैक्षिक कार्ययोजनालाई सघाउँदै गुणस्तरीय शिक्षा दिन सघाउने उद्वेश्य राखि संस्थाका रुपमा गठन गरिएको हो ।  ब्यवस्थापन समितिले एकोहोरो शिक्षकलाइ दोष दिन भन्दा रचनात्मक सहयोग गरेर शिक्षामा सुधार गर्न सकिने कुरामा जोड दिनु आजको आबश्यकता हो । त्यस तर्फ ब्यवस्थापन समिति लाग्नु भन्दा खालि राजनितिक प्रभावमा परेर कसरी आपmनो मान्छे भर्ति गर्न सकिन्छ भन्ने तर्फ वढि लागेकोले आफुलाई अप्ठयारो परेको तर्क शिक्षक गर्दछन । कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्षहरु हामीलाई एउटा  साधनका रुपमा प्रयोग मात्र गरि पूर्ण अधिकार नदिइ  गाल टार्ने साधन बनाएको गुनासो गर्दछन् ।  यस कार्यक्रमका  क्रममा ब्यवस्थापन समिति मुख्यतया निम्न अनुसारका कुरामा चुकेको शिक्षक प्रतिनिधिको  आरोप  छ । 
१ आफनो मान्छे भर्ति गर्ने कुरामा राजनैतिक प्रभाबमा पार्न खोज्नु । 
२ शिक्षक नाता गोता र एउटै दलको आस्था भएकोमा अत्यन्त भर पर्नु वा पढाइको कुरा गर्न हिच्किचाउनु ।
३ आपmनो बच्चाको पढाइप्रति कस्तो अबस्था छ भन्ने वारे स्कुलमा गएर चासो नलिनु । 
त्यसैले  शिक्षक अभिभावक संघ र शिक्षक ब्यवस्थापन समिति विच सहकार्य गरी ठोस रुपमा अराजनितिक कार्ययोजना बनाइ विद्यालय प्राध्यापकलाइ शैक्षिक योजनामा सघाउने र आबश्यक सरसल्लाह दिने गरेमा बिद्यालयको शैक्षिक अवस्था सुधार गर्न सजिलो हुन्छ ।
जिल्ला शिक्षा समन्वय समिति र स्थानिय शिक्षा समिति
 संघीय व्यस्थामा जिल्ला शिक्षा समन्वय समिति र स्थानिय शिक्षा समितिका क्षेत्राधिकार स्पस्ट तोकिएको छ । तर सम्पूर्ण अनुगमनको, व्यबस्थापन र सुपरिबेक्षणको जिम्मा लिएर पनि खालि दोष विद्यालय प्राध्यापकलाइ दिएर आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको देखिन्छ । शिक्षा अधिकृतको सहजिकरण फितलो रहेको गुनासो छ । यस तथ्यसँग भरपर्दो प्रमाण पनि छ । अधिकांश शिक्षा अधिकृतहरु, शिक्षकहरु संघ, सगठनको झोला बाकेर हिडिरहेका छन् । राजनैतिक नेता बनिरहेको तस्विर छर्लङगै छ । यसरी अनुगमन मुल्याडकन गर्ने पाटो नै भरपर्दो नभएपछि कसरी शिक्षामा गुणस्तरीयता आउन सक्छ ? शिक्षकहरुको तर्क छ । जिल्ला शिक्षा समन्वय समिति र स्थानिय शिक्षा समिती निम्न अनुसारका कुरामा चुकेको आम नागरिकको ठहर छ । 
 (क) वास्तबिक तथ्य भन्दा कागजी उपलव्धिमा रमाउनु ।  
 (ख)  राजनितिक प्रभावमा पर्नु ।
 (ग) राम्रो गर्नेलाइ पुरस्कृत र खराव आचरण वा ठगलाई दण्डित गर्नुका साटो संघ संगठनको सिफारिसमा गलत मुल्याडकन गरी राम्रा शिक्षकलाइ हौसला दिन नसक्नु ।
 (घ) नितिगत रुपमा देखिएका समस्यालाइ सहि समाधान गर्नुको साटो आफु अनुकुल गलत व्याख्या गर्नु ।
त्यसैल जिल्ला शिक्षा समन्वय समिति र स्थानिय शिक्षा समितिबाट सहि अनुगमनको खाचो छ । सहि अनुगमन र मूल्यांकन नभए शिक्षकको जाँगर मर्दछ । उनीहरु राजनितिक आड लिन बाध्य हुन्छन । राजनितिक आडले ठग्ने वानी परेका शिक्षक बलले पदोन्नति भइरहने र इमान्दार शिक्षक सधै तल्लो दर्जामा रहन्छन् । बाहानावाजी गरि ठग्ने प्रवृत्ति बढि रहदा नितिको सही कार्यान्वयन हुन नसकि शिक्षाको गुणस्तर खस्कदै गएको छ ।
  समाधानको उपाय र अवसर 
 शिक्षक समाजमा गुरु नामले चिनिन्छन् । गुरु समाजका पुज्यनिय हुन्छन । पुज्यनिय यसकारणले कि उनीहरु समाजका लागि मार्गदर्शक हुन् । समाजलाइ कस्तो बनाउने ? कस्तो आकारबाट सजाउने भन्ने कुरा शिक्षकका हातमा छ । शिक्षक समाजका दक्ष इन्जिनियर हुन् ।  जसले कस्तो जगबाट बनेको घर वा समाज कति बलियो हुन्छ ? कति  मसला राख्दा कति टिक्छ भन्ने समेत हिसाव किताब वैज्ञानिक रुपमा नै निकालेका हुन्छन् । त्यसैले दीर्घकालिन सोच हुनु शिक्षकको अपरिहार्य गुण हो । यती भनिरहदा आफै जान्ने सर्वेसर्वा वन्ने भुल शिक्षकवाट हुनु हुदैन । अज्ञानता भित्रको ज्ञान खोज्न सक्नुपर्छ ।
शिक्षक समय अनुसारका प्रबिधिसँग परिचित हुनुपर्छ । समयको मनोबिज्ञान बुझेको  हुनपर्छ । समयको मनोविज्ञान भनेको परिवर्तन हो । जो निरन्तर जिज्ञासु हुन्छ । त्यसकारण शिक्षक अध्यानशिल नबने विद्यार्थीले समयको माग अनुसारको शिक्षा पाउँदैनन् । अर्कोतर्फ शिक्षण विधि समयलाइ नचिनेको भएमा  विद्यार्थी अल्मलिन्छन् । पढने कुरा प्रति रुचि बढ्नुको सट्टा अरुचि बढ्छ ।  विद्यार्थीलाइ उनीहरुको मनोविज्ञान बुझेर कसरी सिक्न सक्छन् भन्नेतिर ध्यान दिएर नयाँ नयाँ तरिका अपनाएर शिक्षण गरे मात्र समय अनुसारको शिक्षा दिन सकिन्छ । नयाँ तरिका अरुले प्रतिपादन गरेका सिद्वान्त मात्र होइनन् । आफैले काम गर्दा आएका अनुभब बाट सिकेर आएको ज्ञान नै हो । 
आफैले भोगेका अनुभवका आधारमा नयाँ पाठ सिकेर सिर्जनात्मक तरिका अपनाउन सबैभन्दा उत्तम उपाय हो । जुन देश काल परिस्थिति अनकुल हुन्छ । सरल, सजिलै उपलव्ध हुने, स्थानिय रुपमा परिचित, स्थानिय भाषामा परिचित मितव्ययी पाठ्यसामाग्रीको प्रयोगनैै उपयोगि साधन हुन् । रचनात्मक स्थानिय पाठ्यसामाग्रीको प्रयोगबाट विद्यार्थीमा प्रयोगात्मक शैलिको बिकास भै जिज्ञासा बढ्छ । जिज्ञासा नै सिकाइको पहिलो खुडकिला हो । त्यसैले जिज्ञासा जगाउने खालका क्रियाकलाप गराउदै सिकाउनु आजको युगको आवश्यकता हो । निश्चित रुपमा मानिसले आपmनो उद्वेश्यप्रति निष्ठा भए उपलव्धि अवश्य हुन्छ । उद्वेश्य नभुलेर गरेका काममा सहजताको खोजी गर्दै जाँगरका साथ लागिन्छ । जागिरे मानिसिकताबाट अलिकति माथि उठेर सामाजिक भावनाका साथ आफ्नो जिम्मेवारी पुरा गरे पक्कै पनि शिक्षक समाजमा सम्मानका साथ रहन सक्छन् ।
समयमै यसो नभए सामाजिक रुपमा लागिरहेको ठग र असक्षम को आरोपले हागाँ हाल्छ । आरोपले झाँगिएको रुखको छहारीमा बसेर निराशाको बादल हेरेर मनमनै आत्मा आलोचित बन्नु कति असहज होला कल्पना समेत गर्न सकिन्न । त्यसैले समयमै चाहे हामी केही गर्न सक्छौ । जसले गर्दा हामीलाई समाजले सम्मान दिन्छ । हामी पनि समाजको चाहनाको सम्मान गरि आजैदेखि आफले आफैलाइ रुपान्तरण गरि शिक्षामा सुधारको थालनी गरौ । बाचा गरौ कि हामी सामाजिक भावले सेवामा लागौ । सफलता निश्चित छ । आफैमा छ । त्यसलाइ चिनौ । सिर्जनशिलता बढाऔ ।  किन ढिला गर्ने ? आजै देखि थालौ ।  
   अवको हाम्रो बाटो
म मानवशास्त्रको विद्र्याथीको नाताले हरेक विकास मानवीय विकासको केन्द्र नै हुनुपर्छ भन्ने विचारसंग नजिक रहन चाहान्छु ।  त्यसैले यो कार्यक्रम केवल इमरजेन्सीमा मात्र होइन, अभियानका रुपमा चलिरहनु आवश्यक छ । यो कार्यक्रमको मुल भाव मानव विकास भएकोले मानव विकासले बिकासका रुपमा निम्न चार खम्वालाइ आधार मान्दछ ।
 (क) विकासको सरोकारका रुपमा जनतालाइ केन्द्रमा राखिनु पर्छ । 
 (ख) विकासको उद्वेश्य केवल आम्दानीलाइ मात्र नभै सम्पूर्ण मानवीय छनौटलाइ विस्तार गरिनुपर्छ । 
 (ग) मानव विकासले मानवीय क्षमता अभिवृद्वी र त्यसको पूर्ण उपयोगसंग सरोकार राख्छ ।
 (घ) मानव विकास समता, दिगोपन, उत्पादन र सशक्तिकरणलाइ मुलमन्त्र ठान्दछ । 
यसरी आधारभुत चारखम्वाबाट निर्मित मानव विकासका लागि गरिएको प्रयासका लागि प्रत्यक्ष सम्पर्कमा रहने सामाजिक परिचालक प्रत्येक कार्यक्रममा वि.व्यव.स.लाइ सहभागि वनाउँदा परिवर्तनको अपनत्व समाजले लिन्छ भन्ने निष्कर्षमा छ । जसवाट क्षमता अभिवृद्वि हुनका साथै समतामुलक विकास, दिगोपन र सशक्तिकरणमा सहयोग पुग्दछ । हामीहरुको कार्यत्रममा यो पाटो अलि कमी छ । काममा इमान्दारी भएपनि आपसि समन्वयको अभावले प्रतिफल देखिएको छैन । सख्यात्मक उपलव्धि पछि देखिने गुणात्मक उपलव्धि फितलो वन्न सक्ने चिन्ताले बेलावेलामा घोतल्छ । तर योजना निर्माण र अनुभवको साटासाटले पूर्ण मौका पाएको छैन । किनकि हाम्रो कार्यक्रमको ढाँचा आए पनि कार्यान्वयनको योजना प्रभावकारी वनेको छैन । त्यसैले अव हामी  यसरि अगाडी बढ्नुपर्छ ।
(क) विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुरुप कार्यान्वयन योजना ठोस रुपमा वनाउन सर्वपक्षीय छलफलबाट ठोस कार्यमा लागौ । 
(ख) समन्वयात्मक कामको वाँडफाँड गरी कामप्रतिको उत्तरदायित्व वहन गरी कामको अपनत्व लिने र गल्तिको महस्ुास गरी आफुले आफैलाइ सच्चाउने कोशिष गरौ ।
(ग) हतारमा काम सकाउने वहानामा ठाडो आदेश हाृेइन रणनैतिक योजना वनाएर निरन्तर काममा लागौ ।
(घ) सहयात्रीका अनुभव र विचारलाइ समेट्दै समान व्ययभारबाट परिचालित होऔ ।
यि चार वटा मुख्य तत्वलाइ समेटेर अगाडी वढौ । समाज परिवर्तनको अभिभारा बोकेका हामी पहिले आफैलाई वदलौ ।  विकसित  र सभ्य समाज निर्माण सम्भव छ । सफलता निश्चित छ ।                        
                               
                                     वहुआयाकि सेवा केन्द नेपाल
                                             अर्घाखाची
                                                     फोन ९८५७०१०४३३

प्राप्त प्रतिकृयाहरू

To Top