लायन्स विशेष

इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द

साउन २१ २०७४   रासस

वालिङ,  साउन २१ । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति...

साझालाई ५ दिनभित्र सम्पूर्ण आर्थिक र प्रशासनिक विवरण पेश गर्न निर्देशन

साउन २० २०७४   .

काठमाडौँ ,साउन २० – व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिले आर्थिक अनियमितता भएको भनिएको साझा प्रकाशनलाई ५ दिन भित्र सम्पुर्ण आर्थिक एवं प्रशासनिक विवरण समितिमा पेश गराउन निर्देशन दिएको छ । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले उपलब्ध गराएको अनुदान तथा ऋण सहयोग रकमको चरम भ्रष्टाचार गरेको भन्ने समाचार सार...

मनमोहन पोलिटेक्निकका विद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा

साउन १५ २०७४   .

मोरङ, साउन १५–मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका हुन् । विद्यार्थीले तीन वर्षको अवधिमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना क्षेत्र अन्तरग...

चार शिक्षक– शून्य विद्यार्थी, तलवका लागि हाजिरी !

साउन ११ २०७४   प्रेम सुनार

गुल्मी साउन, ११– हेलो सर, त्यो विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’नि ? उताबाट जवाफ आउँछ – ‘हो  सर,  विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि  ? अर्को प्रश्नमा जबाफ आउँछ –तीन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं । त्यसो भए त काम केहि छैन हैं ? भन्ने तेश्रो प्रश्नमा उनले भने–‘ सधै दश वजे विद्यालय पुगेर आ–आफ्...

विदेशको कमाईले स्वदेशलाई सहयोग

साउन ८ २०७४   .

गुल्मी,  साउन,८ ।  गुल्मीका एक व्यक्तिद्धारा दुई विद्यालयलाई नगद एक लाख आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मदाने गाँउपालिका वडा नं. ३ निवासी हाल कतारमा रोजगारीको शिलशिलामा कार्यरत रहनु भएका समाजसेवी लोकबहादुर के.सीले मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गेमा रहेको  भगवति निम्न माध्यमिक विद्यालयको कम्प्युटर खरिद लागिका नगद रु. पचास हजार  र सोही नग...

अब फेसबुकमा समाचार पढ्न पैसा तिर्नुपर्ने !

साउन ७ २०७४   एजेन्सी

अमेरिकी मिडियाहरुका अनुसार फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको छ । यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ । अहिले समाचारको सबैभन्दा ठूलो माध्यम बनिसकेको फेसबुकप्रति समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनास...

भोजभतेरमा खर्चिने रकम विद्यालयलाई सहयोग

साउन २ २०७४   .

गुल्मी, साउन २ । गुल्मीको रेसुंगा नगरपालीकाका एक जन प्रतिनिधिले चुनाव जितेपछि भोज भतेरमा गर्ने अनावश्यक खर्च रकमलाई विद्यालयमा हस्तान्तरण गर्नु भएको छ । रेसुंगा नगरपालीका ७ वाट नवनिर्वाचित वडा अध्यक्ष मोहन प्रसाद पाण्डेले आफ्ना वावुआमाको नाममा अक्षयकोष स्थापनागरी वडामा रहेका तीनवटा प्राथमिक विद्यालयहरुलाई १५÷१५ हजारका दरले  रकम हस्तान्तरण गर्नु ...

युनिभर्सल कलेजको सम्बन्धन खारेज गर्न भन्दै डिनलाई पत्र

साउन १ २०७४   .

काठमाडौं । चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न १० संगठनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेज गर्न डिन कार्यालयलाई पत्र बुझाएका छन् । संगठनहरुले चिकित्सा शास्त्र तर्फको स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन गरी त्रिविका विभिन्न सम्बन्धन प्राप्त निजी कलेजहरुमा मेरिटका आधारमा विद्यार्थी भर्नाको सिफारिश गरिएकामा युनिभर्सल कलेज ...

विद्यालय क्षेत्र विकासको लागि फिनल्याण्डले २ अर्ब ३६ करोड सहयोग गर्ने

असार ३० २०७४   .

काठमाडौं असार,३० । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र बिकास कार्यक्रम अन्तरगत नेपाल सरकारलाई २ अर्ब ३६ करोड रुपैयाँ (२० करोड यूरो) अनुदान दिने भएको छ । नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव बैकुष्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदुत जोर्मा सुभान्टोकाबीच शुक्रवार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र बि...

विद्यार्थी भएकै अवस्थामा विद्यालयमा आगलागी

असार २९ २०७४   .

कपिलवस्तु, असार २९- जिल्ला सदरमुकाम तौलिहवाको धनौराटोलस्थित एचडी मेमोरियल विद्यालयमा आज दिउँसो आगलागी भएको छ । विद्यार्थी परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला अचानक भएको आगलागीका कारण विद्यार्थीमा भने कुनै क्षति भएको छैन । विद्यालय भवनसँगै रहेको बिजुलीको पोलमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विद्यालय...
To Top