खेल

विश्वकप छनौट : अफगानिस्तानसँगको हार भुलाउँदै सिङ्गापुरमाथि नेपालको २२ रनको जीत

साउन ६ २०७४   .

काठमाडौँ साउन ६– सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ । जितका लागि १ सय ६९ रनको लक्ष्य पाएको सिंगापुर ४६.५ ओभरमा मात्र १४६ रनमा अलआउट हुन पुग्यो । नेपालले प्रस्तुत गरेको मध्यम योगफल पछ्याउने क्रममा सिंगापुरले शुरुवात भने राम्रो गरेको थियो ।...

नेपालद्वारा सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत

साउन ६ २०७४   .

काठमाडौं  साउन,६  । आईसीसी यू-१९ विश्पकप छनोटमा नेपालले सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो । नेपालको सुरुवात खासै राम्रो हुन सकेन । २० रन जोड्दा पहिलो विकेटका रुपमा अनिल साहलाई व्यक्तिगत ७ गुमाएको नेपालले ...

यू-१९ विश्वकप छनोटः अफगानसँग नेपाल पराजित

साउन ५ २०७४   .

काठमाडौं  साउन,५ । आइसीसी यू-१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले पराजित भएको छ । सुरुवाति दुई खेल जितेको नेपाली किशोर टोलीको वास्तविक परीक्षा अफगानी टिमसँग हुने मानिएको थियो । जसमा बलिङतर्फ ठीकै प्रदर्शन गरेपनि ब्याटि...

यू–२३ च्याम्पियनसिप फुटबल : नेपाल लेबनानसँग पराजित

साउन ५ २०७४   .

काठमाडौँ साउन ५ - एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएई को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिल...

आइसीसी एसिया यू–१९ क्रिकेटः नेपाल १९१ रनको लक्ष्य पछ्याउँदै, अफगानिस्तान १९० मै अलआउट

साउन ५ २०७४   .

पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेल विजयका लागि नेपालले १९१ रनको लक्ष्य पछ्याउँदै छ । पेदाङ रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ गरे पनि सुरुवातमा विकेट लिन नसके पनि पछिल्ला विकेट भने निकै सजिलै लिएको थियो । कसिलो बलिङ गर्न सकेको छैन । अफगानिस्तानले ७५ रन जोड्दा पहिलो विकेट गुमाए प...

सान्त्वना जितका लागि आज नेपालले लेवनानसँग खेल्ने

साउन ४ २०७४   .

काठमाडौं साउन, ४। सुरुवाती दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले एएफसी यू-२३ च्याम्पियनसिप छनौटको आफ्नो अन्तिम खेलमा आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ । युएईको अल अइनस्थित तनउन विन मोहम्मद रंगशालामा आज साँझ खेल हुनेछ । च्याम्पियनसिप छनौटको समूह डीमा रहेको नेपाल पहिलो खेलमा युएईसँग ५-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग २-० ...

उत्कृष्ट बलिङसँगै नेपालको दोस्रो जित, व्याटिङमा समस्या कायमै

साउन ३ २०७४   .

काठमाडौं  साउन, ३ । उत्कृष्ट बलिङसँगै नेपालले यू-१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । तर, व्याटिङमा देखिएको समस्या भने अझै कायमै छ । सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्‍यो । र, यो लक्ष्य भेट्टाउन पनि नेपालले ९.५ ओभरमा ५ विकेट गुमायो । नेपालको पहिलो विकेट सस्तैमा...

एएफसी च्याम्पिपयनसिपः नेपाल र उज्वेकिस्तान आज भिड्दै

साउन २ २०७४   रासस

काठमाडौं  साउन,२ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु हुने खेलमा नेपालले विजय लक्ष्यका साथ उज्वेकिस्तानको सामना गर...

आइसीसी एसिया यु–१९ विश्वकप छनोटः नेपालले सिंगापुरलाई ७३ रनमै रोक्यो

साउन २ २०७४   .

सिंगापुर,साउन, २ । आइसीसी एसिया यु–१९ विश्वकप छनोट क्रिकेटमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । खेलमा नेपालले विजयका लागि जम्मा ७४ रनको लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले कप्तान सन्दीप लामिछानेको आकर्षक बलिङको मद्धतले सिंगापुरलाई २९ ओभरमै अलआउट गरी ७३ रनमा रोक्न सफल भएको हो । सन्दीपले २१ खर्चेर ५, सहाब आल...

एएफ्सी युथ २३ च्याम्पियनसिपमा नेपालको खराव प्रदर्शन, युएई ५–० ले विजयी

साउन १ २०७४   .

साउन, १ । अल आइन सिटी । संयुक्त अरब इमिरेट्स युएईमा सुरु भएको एएफ्सी युथ २३ च्याम्पियनसिप फुटबलमा नेपालले खराव प्रदर्शन गरेको छ । उद्घाटन खेलमा नेपाल आयोजक युएईसंग ५–० ले पराजित भयो ।  ८ मिनेटदेखि गोलको खाता खोल्न थालेको युएईले मध्यान्तरसम्म ४ गोल गरिसकेको थियो । ६० औं मिनेटमा पाँचौं गोल गरेको युएई त्यसपछि भने रोकिएको थियो । हारपछि नेपाली टिम...
To Top