अर्थ

आजको सुन बजार : तोलामा २ सय घट्यो

असोज ३ २०७४ .

काठमाडौं, असोज ३– नेपाली बजामा सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतिताला २ सय रुपैयाँ घटेको थियो । आज बजारमा छापावाल सुनको भाउ प्रतितोला ५६ हजार ३ सय र तेजावी सुन तोलाको ५६ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेपछि भने सुनको भाउ घट्दै गएको हो । आज बजामा चाँदीको ...

आगामी दुई वर्ष वृद्धिदर ४.५ प्रतिशत :विश्व बैंक

असोज १ २०७४ .

काठमाडौं असोज,१  । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा ४.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । ‘हुनतः गत वर्ष राजस्व संकलनमा रेकर्ड ब्रेक भयो, सरकारी खर्च क्षमता पनि बढेको देखियो तर नेपालले तीन वर्षको अन्तरालमा तीन वटा ठुला सक (धक्का) व्यहोर्यो यसले पनि आर्थिक लक्ष्यमा प्रभाव पार्ने देखिएको छ,’ विश्व बैंक ...

जलविद्युतका लागि कम्पनीहरुको महत्वाकांक्षी योजना, ५ वर्षमा ३६ अर्ब लगानी गर्दै

असोज १ २०७४ .

रमेश लम्साल  काठमाडौँ,भदौ ३१  बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ।  कम्पनीले आगामी ५ वर्ष रु ३६ अर्ब आक्रामक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्...

सम्पत्ति शुद्धीकरण : निर्धक्क रकम आर्जन गर्नुहोस्

भाद्र ३१ २०७४ रासस

काठमाडौँ ,भदौ ३१- तपाईं करोडौँ सम्पत्तिका मालिक हुनुहुन्छ । कतै यी रकम तथा सम्पत्तिका कारण सम्पत्ति शुद्धीकरणको झमेलामा त फस्ने होइन भनी चिन्तित हुनुहुन्छ ? यदि तपाईंले राम्रो काम गरी रकम आर्जन गर्नुभएको छ भने चिन्ता गर्नुपर्दैन । निर्धक्क भएर आफ्नो व्यवसाय अघि बढाउँदै थप रकम आर्जन गर्न सक्नुहुनेछ । यो जानकारी नेपाल चेम्बर अफ कमर्सले शुक्रबार...

साताको सेयर : ३ अर्ब ६० करोड ६८ लाखको कारोवार

भाद्र ३० २०७४ .

काठमाडौं, भदौ ३०–नेपालको पुँजी बजारमा यो साता कूल ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोवार भएको छ । यो साता तीन दिन बजार ओरालो लागेको थियो । यो साताको पहिलो दिन सेयर बजार ३४.८९ अंकले झरेको थियो । पहिलो दिन उच्च अंकले घटेको बजार १५१९.६६ विन्दुमा आएको थियो । एक सय ५८ कम्पनीको १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको यो...

अमेरिकाले नेपाललाई ५०अर्ब दिने सम्झौतामा हस्ताक्षर,६३ करोड डलरको कोष बन्ने

भाद्र ३० २०७४ .

काठमाडौं  भदौ,३० । अमेरिकाले नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन [एमसीसी] कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको हो । अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीको तर्फबाट जोनाथन नाथले सम्झौताम...

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्दै, आज सम्झौता हुने

भाद्र २९ २०७४ रासस

 वासिङ्गटन डिसी, भदौ २९ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा बुधबार वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ। नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैछन्। यो सम्झौताअनुसार कुल ६३ करोड डलर...

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बजेट ६४ करोड २२ लाख

भाद्र २८ २०७४ .

कपिलवस्तु ,भदौ २८ –कपिलवस्तुको बुद्धभुमि नगरपालिको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४/७५ का लागि करिब ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले  मंगलबार भएको प्रथम नगर सभामा ६४ करोड २२ लाख ८७ हजार २ सय ३ रुपैयाँ बराबरको बजेट विनियोजन गरेका हुन् । जसमध्ये पुँजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ र चालुतर्फ १५ कर...

सेयर बजार ओर्लियो, ६३ करोडको कारोवार

भाद्र २८ २०७४ .

काठमाडौं, भदौ २८। नेपालको सेयर बजार बुधबार पनि ९ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि घटेपछि १४९३.२० अंकमा बजार झरेको छ । एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको आज ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको छ । आज बैंकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेका छन् भने होटल, जलविद...

नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने

भाद्र २८ २०७४ .

प्रकाश सिलवाल   काठमाडौँ, भदौ २७  नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ।  चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौँमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट काठम...
← Previous 1 3 4 5 6 7 8 9
To Top