अर्थ

धितोपत्र बजार : पाँच अर्ब बढीको कारोबार

साउन १४ २०७४   रासस

काठमाडौँ साउन ,१४। धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १६ दशमलव ७५ प्रतिशत बढी हो । गत साता १६५ कम्पनीको ८७ लाख ५३ हजार आठ सय ८० कित्ता शेयर रु चार अर्ब ७३ करोड ८२ लाख ७६...

एनएमबी बैंकको नाफा एक अर्ब ५१ करोड

साउन १४ २०७४   .

काठमाडौं साउन, १४–एनएमबी बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३५.५४ प्रतिशत बढी हो । ब्याज आम्दानीमा भएको प्रगतिका कारण बैंकको नाफा बढेको हो । बैंकको कुल सञ्चालन मुनाफा भने एक अर्ब ९८ करोड रुपैयाँ छ । बैंकले गत आवमा ७३ अर्ब २२ करोड निक्षेप संकलन गरि ६१ अर्ब २१ करोड रुपैयाँ ऋण प्रव...

नवलपरासी सदरमुकाम विकासका लागि ५० करोड

साउन ११ २०७४   .

परासी साउन, ११–नवलपरासीको सदरमुकाम परासी बजारको विकासका लागि रामग्राम नगरपालिकाकाले विभिन्न सडक तथा भौतिक पुर्वाधारहरुको विकास गर्न ५० करोड रुपैयाँ खर्चिने भएको छ । सरकारले तराईका जिल्लाहरुको सदरमुकाम विकासका लागि बिनियोजन गरेको ५० करोड रुपैयाँले उक्त सदरमुकाम परासीको विकास गर्न लागिएको हो । रामग्राम नगरपालिका जिल्लाको सदरमुकाम परासीमा पर्दछ । ...

उपप्रधानमन्त्री महरासँग उद्योगी व्यवसायीको भेट

साउन १० २०७४   .

काठमाडौं साउन, १०–उद्योगी÷व्यवसायीहरुले आर्थिक कूटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएका हुन । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासंघको नेतृत्वले नेपालको समृद्धिका लागि ...

सेयर बजार ६.४८ अंकले घट्यो

साउन ९ २०७४   .

काठमाडौं साउन, ९–नेपालको पुँजी बजार सोमबार ६.४८ अंकले ओरालो लागेको छ । एक सय ५३ कम्पनीको १७ लाख ४० हजार ४ सय ५७ कित्ता सेयर बिनवेच भएको बजारमा एक अर्ब ६ करोड ८१ लाख ६६ हजार ७ सय ६९ रुपैयाँको कारोवार भएको छ । बैक, होटल, बिकास बैंक, जलविद्युत समूहको सूचक ओरालो लागेको आज फाइनान्स, बीमा  उत्पादनमुलक समूहका मात्र सूचक बढेको छ । आज बैकिङ समूहको स...

सुनको भाउ स्थिर

साउन ९ २०७४   .

काठमाडौं साउन ९–नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर छ । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ आज भने स्थिर रहेको हो । आज पनि बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, चाँदी पनि आज तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    

उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद शेयर आउँदै, आकर्षण जलविद्युतको शेयरमा

साउन ७ २०७४   रासस

काठमाडौं साउन, ७– विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा रु १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ । ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर नि...

शेयर बजार : चार अर्ब बढीको कारोबार

साउन ७ २०७४   .

काठमाडौँ,  साउन ७ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । यससाता कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरका एक करोड १४...

७ सय ४४ स्थानीय तहका साविकमा सञ्चालित बजेट विनियोयन तथा तर्जुमा गर्नुपर्ने कार्यक्रमहरु

साउन ७ २०७४   .

काठमाडौं साउन ७–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा बजेट विनियोजन गर्ने कार्यक्रमको नमुना सुचि सार्वजनिक गरेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेका साविकका कार्यक्रमहरु सार्वजनिक गर्दै सोही ढाँचा बमोजिम बजेट बिनियोजन गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विभिन्न मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयगत कार्...

नवलपरासी महेसपुर भन्सारद्वारा ६ करोड राजस्व संकलन

साउन ७ २०७४   .

परासी साउन ७–महेसपुर छोटी भन्सार कार्यालय नवलपरासीले एक वर्षमा करिब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७३÷०७४मा विभिन्न शिर्षकबाट गरि कुल ५ करोड, ८९ लाख, ६२ हजार ८ सय ७८ रुपिया राजस्व संकलन गरेको तथ्याङ्क सार्वजनिक गरेको छ  । भन्सार कार्यालयको तथ्याङ्क अनुसार कार्यालयबाट हुने भन्सार पैठारी दस्तुर तर्फ २ करोड, ८४ लाख...
To Top