राजनीति

आफूलाई हराउन सिंगो राज्यसत्ता आफूविरुद्ध खनिएको दावी :देवी ज्ञवाली

साउन २० २०७४   .

काठमाडौँ, साउन २० – भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता आफूविरुद्ध खनिएको आरोप लगाएका छन् ।  ज्ञवालीले आफूलाई हराउन अर्बौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको दावी पनि गरे ।  वडा नम्बर १९ को मतदान स्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले गएराति १ बजे आफ्ना प्रतिद्धन्दी रेणु दाहालले प्रहरी...

भरतपुरमा २ बजेसम्म ६९ प्रतिशत मत खस्यो

साउन २० २०७४   .

चितवन, साउन २०–चितवनको भरतपुर महानगरपालिका वडानम्बर –१९ मा दिउँसो २ बजेसम्म ६९.८  प्रतिशत मत खसेको छ । चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार दिउँसो २ बजेसम्म जम्मा मतदाता संख्याको ६९.८  प्रतिशत मत खसेको हो । उनका अनुसार दुई वजेसम्म २ हजार ६ सय ५१ मत खसिसकेको छ ।  यहाँका कूल ३ हजार ७ सय ९७ मतदाताले ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट मतदान...

विज्ञहरुको चिन्ता : एउटा पार्टीबाट जितेकाले अरु पार्टीकालाई निष्पक्ष न्याय दिन सक्लान् ?

साउन १९ २०७४   .

काठमाडौं । अहिले स्थानीय तहमा गठन गर्ने गरिएको न्यायिक समितिको अधिकारको विषयमा विज्ञहरुले सांसद्हरुको ध्यानाकर्षण गराएका छन् । संसद्मा विचाराधीन रहेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयकमा न्यायिक निकायको विषयमा उल्लेख गरिएका व्यवस्थाहरु स्पष्ट नहुँदा यसले पछि समस्या हुनसक्ने भन्दै यस विषयमा स्पष्ट व्यवस्था गर्न सांसद्हरुलाई...

जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको रावलको दाबी

साउन १९ २०७४   .

चितवन,साउन १९– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको दाबी गरेका छन् । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गरे । भरतपुर–१९ मा भोलि पुनः मतदान हुँदैछ । फरक प्रसं...

राजपाको जनमत चुनावबाटै जोगिन्छः सचिव भट्टराई

साउन १९ २०७४   .

जनकपुरधाम,  साउन १९– नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएका छन् । जनकपुरमा आज पत्रकार भेटमा उनले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राज...

सशस्त्रका सुराकी नै तस्करीमा मुछिएपछि हंगामा, नेतृत्वलाई दबाब

साउन १९ २०७४   .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीमा सशस्त्र प्रहरी मुछिएपछि अहिले सशस्त्र प्रहरीभित्र हंगामा मच्चिएको छ । गलत काममा लाग्ने व्यक्ति र निकायको सुराकीको जिम्मा पाएका सशस्त्रका सइ सञ्जीव मानन्धर सुन तस्करीमा मुछिएपछि सिंगो सशस्त्रभित्र हंगामा मच्चिएको हो । गत सोमबार दुई किलो सुन तस्करीमा मानन्धर मुछिएका हुन् । योसंगै स...

भरतपुर १९ मतदानस्थल वरपर निषेधित क्षेत्र घोषणा

साउन १९ २०७४   .

चितवन ,साउन १९,–चितवनको भरतपुर महनगरपालिका वडा नं. १९ मा पुनः मतदानका लागि आवश्यक तयारीका लागि कर्मचारीहरु खटिएका छन् । मतदानको तयारीस्वरुप मतदानस्थल वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरिएको निर्वाचन कार्यलयले जनाएको छ । भोली हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको ...

मन्त्रिपरिषद निर्णय : ११ जना डिआईजी एआईजीमा बढुवा

साउन १९ २०७४   .

काठमाडौं, साउन १९– आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । एआईजीमा बढुवा हुने प्रहरी अधिकृतहरुमा जयबहादुर चन्द, देबेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार...

भरतपुर प्रकरण : सुनुवाई सकियो, न्यायाधीशहरु परामर्शमा

साउन १५ २०७४   .

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान कि मतगणना भन्ने मुद्दाको सर्वोच्च अदालतमा आइतबार  बहस सकिएको छ । आइतबार निवेदकले जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेमा दुवैतर्फको बहस सकिएको हो । दुवैतर्फको बहस सकिएपछि न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारी परामर्शमा छन् । यो मुद्दा मिश्र र भण्डारीद्...

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै पटक गर्न सकिँदैन:निर्वाचन आयोग

साउन १५ २०७४   .

काठमाडौं साउन, १५–निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट पनि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको प्रष्टयाएका हुन् । सरकारले प्रदेश सभा र प्रत...
To Top