राजनीति

एमालेले १४ जिल्लामा टुग्याँयो जिल्ला समन्वय परिषद् उम्मेदवार

साउन १५ २०७४   .

काठमाडौं–एमालेले स्थानीय तहको निर्वाचनअन्तर्गत १४ जिल्लाको 'जिल्ला समन्वय परिषद्' का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा  शनिबार बसेको एमाले स्थायी कमिटी  बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुख...

प्रधानमन्त्री देउवाको भारत भ्रमणसँग जोडिएका ४ अनौठा संयोग

साउन १५ २०७४   .

काठमाडौं, साउन १५ – चौथो पटक प्रधानमन्त्री हुनु भएका शेरबहादुर देउवा भदौ पहिलो साता भारत भ्रमणको तयारीमा हुनुहुन्छ । प्रधानमन्त्रीका रुपमा चौथो पटक भारत भ्रमणको तयारीमा रहनु भएका देउवा, छिमेकी देश भारत र देउवाको सत्ता साझेदार माओवादी तीनै पक्षबीच एउटा अनौठो संयोग यसपटक देखिने भएको छ । नेपालको राजनीतिक अस्थिरता, त्यसमा प्रयोग हुने र प्रयोग गर्ने ...

एकताबद्ध भएर क्रियाशील बन्नुपर्नेमा रामचन्द्र पौडेलको जोड

साउन १५ २०७४   .

पोखरा ,साउन १५ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घ र प्रदेशको आसन्न निर्वाचनका लागि एकताबद्ध भएर क्रियाशील बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।   नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग शनिबार आयोजित छलफल एवं अन्तरक्रियामा उनले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि आसन्न प्रदेश र सङ्घको निर्वाचनमा काँग्रेसले...

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गराउन सरकार तयार : मन्त्री गौतम

साउन १४ २०७४   .

काठमाडौं  साउन, १४–सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको बताएका हुन् । उनले भने,‘एकै चरणमा निर्वाचन गर्नेबारे ...

दलीय आधारमा गठित कर्मचारी संगठन अनावश्यक : झलनाथ खनाल

साउन १४ २०७४   .

काठमाडौं साउन, १४ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दलीय आधारमा गठन भएका निजामति कर्मचारी संगठन विघटन हुनुपर्ने बताएका छन्। मुलुकमा भएका राजनीतिक दलकै संख्यामा कर्मचारी भित्र पनि संगठन बनाउनु दुखद भन्दै विघटन हुनुपर्ने बताएका हुन्। सूर्योदय नगरपालिका इलामले शनिबार काठमाडौंमा गरेको अन्तर्क्रियामा नेता खनालले विगतमा राजनीतिक अभिष्ठ पूरा गर...

नयाँ दल खोलेर प्रदेश र संसदको चुनावमा भाग नपाइने

साउन १४ २०७४   .

काठमाडौं साउन,१४  । नयाँ दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग लिन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिने पाउने छन् । आयोगमा दर्ता भएका दलहरुले पनि प्रदेश र संसदको चुनावका लागि फेरि दल दर्ता गर्ने पर्नेछ । निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर संविधानको धा...

दाहालको पार्टी एकता प्रस्ताव भट्टराईद्वारा अस्वीकार

साउन १४ २०७४   .

काठमाडौं,  साउन, १४– माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि राख्नु भएको प्रस्ताव नयाँ शक्ति पार्टीले अस्वीकार गरेको छ । दाहालले माओवादीबाट विभाजित भएका मोहन वैद्य, डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पुनः पार्टी एकतामा आउन अपिल गर्नुभएको थियो । संविधान जारी गरिएकोप्रति असन्तुष्टि जनाउँदै तत्कालीन माओवादी नेता डा बाबुराम भट्ट...

दाङबाट पोखरेलको उदघोष: चुनाव भएन भने राजपा होइन, कांग्रेसको कारण हुन्न

साउन १३ २०७४   .

दाङ । नेकपा एमाले नेता शंकर पोखरेलले सत्ता गठबन्धन नै निर्वाचन नगराउने खेलमा लागि रहेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपाल प्रदेश नम्वर ५ को विस्तारित बैठकको उद्घाटन गर्दै नेता पोखरेलले राष्ट्रिय जनता पार्टीलाई देखाएर नेपाली काग्रेस र माओवादी केन्द्र नै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाउनु भएको हो । स्थानिय निकायको दोस्रो चरणको निर्वा...

चुनावलाई लक्षित गर्दै एमाले शीर्ष नेता २ नम्बर प्रदेशमा खटिए

साउन १३ २०७४   .

बारा साउन,१३ । तेस्रो चरणको स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमालेले प्रदेश नम्बर २ मा आफ्ना गतिविधि केन्द्रित गर्न थालेको छ । केन्द्रीय सचिवालयले महासचिव सहितका पदाधिकारी प्रदेश नम्बर २ का ८ जिल्लामा खटिने निर्णय गरेको छ । एमालेले प्रदेश नं. २ को वीरगञ्ज, जनकपुर र लाहानमा केन्द्रीय सचिवालय खोल्ने निर्णय गरेको छ । तीन शहरमा पार्टीको क...

एमाले अध्यक्ष ओलीसँग ल्हासा र तिब्बतका उच्च अधिकारीहरुको भेटवार्ता

साउन १३ २०७४   .

काठमाडौं  साउन ,१३ । प्रसिद्ध धार्मिकस्थल मानसरोबरको निजी भ्रमणका क्रममा ल्हासामा रहेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ उच्च अधिकारी तथा कम्युनिस्ट पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । आज स्वदेश फर्किन लागेका ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सेक्रेटरी तथा तिब्बत स्वशासित क्षेत्रक...
To Top