समाज

भारतमा एकै परिवारका चार नेपालीको मृत्यु

कार्तिक ५ २०७५   ekhabarnepal

  काठमाठौँ,कार्तिक ५ भारतको गोरखपुरमा कारलाई गाडीले ठक्कर दिँदा एकै परिवारका चार जना नेपाली नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन् । गोरखपुरदेखि वारणासीतर्फ गइरहेको कारलाई राजादेपुरमा गाडीले ठक्कर दिँदा सिन्धुलीका ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुवा गोरख श्रेष्ठ र भाई उपेन्द्रको मृत्यु भएको हो । भारती...

संसारकै दुर्लभ मानिने असला माछा विदेशमा कोशेली

कार्तिक ५ २०७५   ekhabarnepal

 रासस खोटाङमा असला माछा मार्न रोक  बागलुङ, कात्तिक ५ गते । विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ । सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ । गलकोट नगरपालिका–७ मल्मकी...

कृष्णनगरमा ४ घण्टाका लागि कर्फ्यु हट्यो

कार्तिक ५ २०७५   ekhabarnepal

कपिलवस्तु, ५ कात्तिक  ।  दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुदाँ लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ ।  शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट ...

नेपाल–भारत सीमा क्षेत्रबाट साढे ८ करोडको चरेश बरामद

कार्तिक ५ २०७५   ekhabarnepal

रक्सौल । भारतको सशस्त्र सीमा बलले नेपाल –भारत सीमा क्षेत्रबाट ८ करोड ६० लाख मूल्य बराबरको चरेश बरामद गरेको छ । उक्त  चरेश पूर्वी चम्पारण क्षेत्रमा बरामद गरिएको हो ।  एसएसबीका १७ औं बटालियन कमाण्डर प्रियाबत शर्माले जनाएअनुसार ४३ केजी चरेश एउटा कारबाट  बरामद गरिएको हो । समाचार एजेन्सीहरुका अनुसार उक्त चरेश गएको शुक्रबार राति नेपालबाट भारततर्फ त...

आज राति 'तारा खस्ने'

कार्तिक ४ २०७५   ekhabarnepal

काठमाडौँ, रासस । हेलीको पुच्छ्रे ताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा ओरायन तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमबार बिहान ३ः४५ बजेपछिको समय उत्तम हुने नेपाल ...

जिप दुर्घटनामा एकको मृत्यु ,१९ घाइते

कार्तिक ४ २०७५   ekhabarnepal

वालिङ, रासस । स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो दुर्घटनामा परी गल्याङ–७ का पुरन सुन...

नवलपरासी बस दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कार्तिक ४ २०७५   ekhabarnepal

कावासोती, ४ कात्तिक  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो । आज बिहान सोदुर्घटना हुँदा दुर्घटनास्थलमा पाँचजनाको मृत्यु भएको थियो ।  म...

निर्मला हत्या प्रकरण: आज एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्ने तयारी 

कार्तिक ४ २०७५   ekhabarnepal

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि  अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई बर्खास्त गर्ने तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट बर्खासीका लागि निलम्बीत एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत...

शान्ति समाज रुपन्देहीद्धारा आयोजित कार्यक्रम'अन्तर संवाद': प्रधान न्यायाधिश मिश्रले उदघाटन गर्ने

कार्तिक ४ २०७५   ekhabarnepal

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा भोली सोमवार भैरहवामा मानव अधिकार बिधिको शासन र जवाफदेहिता बिषयक अन्तर संवाद कार्यक्रम हुने भएको छ ।  रुपन्देहीमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहने अन्तर संवाद कार्यक्रमको प्रधान न्यायाधिश ओम प्रकाश मिश्रले...

नवलपरासी बस दुर्घटनामा  पाँचको मृत्यु, करिब ४० घाइते

कार्तिक ४ २०७५   ekhabarnepal

    नवलपरासी कार्तिक ४ नवलपरासी पूर्वको मध्यविन्दु–११ बाहुनीकुनामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। घटनामा करिब ४० जना घाईते भएका छन्। ईटहरीबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु–११ बाहुनिकुनामा आइतबार विहान ५ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेक...

निर्मला हत्या प्रकरण :  एसपी बिष्ट र इन्सपेक्टर भट्टलाई  बर्खास्त गर्न  सिफारिश

कार्तिक ३ २०७५   ekhabarnepal

काठमाडौं, कात्तिक ३ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर घटनामा दोषी देखिएको भन्दै एसपी डिल्लीराज बिष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट बर्खास्त गर्न सिफारिश गरेको छ । एआइजी धीरु बस्न्यात नेतृत्वको छानविन समितिले घटनाको अनुसन्धानमा पुरै लापर्वाही गरिएको निश्कर्षसहितको प्रतिवेदन बुझाएपछि आइजीपी खनालले बर्खास्तगीका लागि गृह मन्त्र...

नागरिकका अपेक्षा पूरा गर्न सङ्कल्पित मुख्यमन्त्री पोखरेल

कार्तिक २ २०७५   ekhabarnepal

बुटवल,कात्तिक २   प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै दशैँका अवसरमा हुने पारिवारिक र सामाजिक मिलनले दशैँको महत्व र गरिमालाई फराकिलो बनाउँदै आएको र स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलले व्यक्त...

दशैँमा कतिले छाडे राजधानी,  करिब २५ लाख यात्रु बाहिरिन्छन्

कार्तिक २ २०७५   ekhabarnepal

कार्तिक २  हरेक वर्ष दशैँका बेला स्थलमार्ग हुँदै लाखौंको संख्यामा नेपालीहरू गाउँघर फर्कने गर्छन्। रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट राजधानी काठमाण्डू आएर बसोबास गरिरहेका लाखौं नेपालीले दशैँका बेला राजधानी छाडेको प्रहरी अधिकारीहरू र व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार हरेक वर्ष दशैँका बेला स्थलमार्ग हुँदै लाखौंको संख्यामा नेप...

मानिस र कुकुरको सम्बन्धको इतिहास कति पुरानो

कार्तिक २ २०७५   ekhabarnepal

हेलेन ब्रिग्स बीबीसी  निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। मानव जातिका पुर्खाले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरू मानव इतिहासको अङ्ग बनेका थिए। जब सुरुका मानव किसानहरू मध्यपूर्वबाट भेडा बाख्रा धपाउँदै निस्किए, उनीहरूको साथमा कुकुरपनि साथ लागेको वैज्ञानिकहरूले ...

 घरघरमा टीका, जमरा र आशिर्वाद ग्रहण गरिँदै, साइत बिहान ९:५१ बजे 

कार्तिक २ २०७५   ekhabarnepal

काठमाडौं,कात्तिक २ –आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।  दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।  आज विजयादशमीको टीकाको शुभसाइत ब...

सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

कार्तिक २ २०७५   ekhabarnepal

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना काठमाडौँ,कार्तिक २  असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्श...

'वन मासिन्छ तर नियमअनुसार फेरि रुख रोपिन्न'

कार्तिक १ २०७५   ekhabarnepal

बीबीसी नेपाली सेवा बुटवल,कार्तिक १  सरकारले झण्डै १७ हजार हेक्टर वन क्षेत्र अन्य प्रयोजनको लागि विभिन्न निकायलाई दिएपनि त्यो वन क्षेत्र उपयोग गरेबापत निर्माण गरिनुपर्ने वन भने निर्माण नभएको तथ्याङ्कहरूले देखाएका छन्। अन्य प्रयोजनका लागि एउटा रुख काटेमा २५ वटा रुख रोपेर पाँच वर्षमा हस्तान्तरण गर्नुपर्ने व्यवस्था भएपनि त्यो कुन-कुन ठाँउमा क...

इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवासमा छापा

कार्तिक १ २०७५   ekhabarnepal

बुटवल,कार्तिक १  बेपत्ता साउदी पत्रकार जमाल खशोग्गीका सम्बन्धमा थप प्रमाण जुटाउनका लागि भन्दै टर्कीका अनुसन्धानकर्ताहरू इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवासमा प्रवेश गरेका छन्। तर महावाणिज्यदूत मोहम्मद अल ओताइबी टर्कीबाट साउदी अरेबिया फर्किसकेका छन्। बेपत्ता पत्रकार खशोग्गीका विषयमा अमेरिकाको चासो पनि निकै बढेको देखिएको छ। १५...

भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

कार्तिक १ २०७५   ekhabarnepal

  बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ । पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतीय सीमानाका झुलेनीपुल क्षेत्रबाट चितवन लैजाँदै गर्दा उक्त सामान नियन्त्रणमा आएकोे नम्बर ३८ गुल्म रुपन्देहीक...

यौन दुर्व्यवहारको आरोप लागेका विदेश राज्य मन्त्रीको राजीनामा

असोज ३१ २०७५   ekhabarnepal

बीबीसी  कामठमाडौँ,अशोज ३१ भारतमा कैयौँ महिलाहरूले आफूमाथि यौन दुर्व्यवहार तथा आक्रमण गरेको आरोप लगाएपछि त्यहाँका केन्द्रीय विदेश राज्य मन्त्री एमजे अकबरले उनको पदबाट राजीनामा दिएको अधिकारीहरूले पुष्टि गरेका छन्। भूतपूर्व सम्पादक समेत रहेका कनिष्ठ विदेशमन्त्री अकबर, भारतीय #मीटू अभियानअन्तर्गत यौन दुर्व्यवहार गरेको आरोप लाग्ने उच्च पदस्थ स...

आज महाअष्टमी :शक्तिपीठहरुमा बलीसहित पूजा गरिदैँ

असोज ३१ २०७५   ekhabarnepal

काठमाडौं ,३१असोज । बडादशैको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । यस अवसरमा दशैघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्...

काठमाडौं सुनसान बन्दै :२५ लाख यात्रु उपत्यकाबाट बाहिरिए

असोज ३१ २०७५   ekhabarnepal

काठमाडौं ,३१असोज । काठमाडौं उपत्यकाबाट दशैं मनाउन २५ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् । विगत ६ दिनको अवधिमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या २५ लाख भन्दा बढी भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । टाढा–टाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएक...

विवादित बाबा रामपाललाई हत्याको अभियोगमा जन्मकैद सजाय

असोज ३१ २०७५   ekhabarnepal

भारतका एकजना विवादित बाबा र अन्य १४ जनालाई चार वर्षअघि एकजना १८ महिने शिशु र चार महिलाहरूको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ। हरियाणा राज्यस्थित एक अदालतले रामपाल नामका बाबालाई गत साता दोषी ठहर गरेको हो। उनीमाथि अर्को पनि हत्या गरेको आरोप छ र त्यसमाथि आउँदो बुधवार फैसला सुनाइँदै छ। रामपालका समर्थक र प्रहरीले झडप गर्दा पी...

शुभ साइतको प्रतीक 'फूलपाती भित्र्याइँदै '

असोज ३० २०७५   ekhabarnepal

काठमाडौँ असोज ३०,   प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्...

चितवन  बस दुर्घटनामा १२ घाइते

असोज ३० २०७५   ekhabarnepal

  रासस चितवन,असोज ३०  |  भरतपुर आँपटारी देवघाट सडकखण्डमा मंगलबार बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटनामा भएको थियो । दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।...

हाम्रो परम्परा : आँखाको पट्टि खोल्न होडबाजी

असोज ३० २०७५   ekhabarnepal

बुटवल । रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका देवी देवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न यहाँ होडबाजी हुने गरेको छ । दशैँ अर्थात् नवदुर्गा पूजा शुरु भएपछि स्थानीयवासीले भजनकीर्तनसहित हर्षउल्लासका साथ पूजाआजा गर्ने चलन छ । पूजाअर्चनाका लागि बनाइएको देवीदेवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न स्थानीयवासीले रु ५० हजारदेखि रु एक लाख...

दशैंलाई लक्षित गर्दै राति ९ बजेपछि मदिरा बिक्रीमा रोक

असोज ३० २०७५   ekhabarnepal

चितवन, ३० असोज । जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तर...

नेता एवं पूर्वमन्त्री बास्तोलाको निधनप्रति दुःख व्यक्त

असोज २९ २०७५   ekhabarnepal

काठमाडौं,२९ असोज । पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले...

प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधि ‘जमरा’को जुस पिउने बढे

असोज २८ २०७५   ekhabarnepal

काठमाडौँ, असोज २८ गते । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ ।  मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो ।  नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रक...

कात्तिक १२ गते मलेसियासँग श्रम सम्झौता, कामदारको टिकट  रोजगारदाताले नै व्यवस्था गर्ने

असोज २८ २०७५   ekhabarnepal

मानव संशाधनमन्त्री एम कुलेसागरन काठमाडौं आउने  काठमाडाैं असोज २८   नेपाली कामदार मलेसिया जान ठप्प भएपछि नेपाल सरकार र मलेसियन सरकारबीच आगामी कात्तिक १२ गते श्रम सम्झौता हुने भएको छ। श्रम सम्झौताका लागि मलेसियन मानव संशाधनमन्त्री एम कुलेसागरन काठमाडौं आउने कार्यक्रम तय भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ। मलेसिया जाने कामदारब...

बुटवलमा ९१ जनालाई गाउँ ब्लकको पूर्जा वितरण

असोज २७ २०७५   ekhabarnepal

   रासस बुटवल,असोज २७ । ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र शनिबार  वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।  बुटवल उपमहानगरपालिकाका प्रमुख शिव...

बस दुर्घटनामा दुईको मृत्यु !

असोज २६ २०७५   ekhabarnepal

बेत्रावती, रासस । नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।  बा १ ख ६३५६ नंको बस...

दशैँ नजिकिएसँगै 'उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा  बृद्धि '

असोज २६ २०७५   ekhabarnepal

काठमाडौं असोज २६, दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार...

निहारिकालाई मदन पुरस्कार र मानन्धरलाई जगदम्बा–श्री प्रदान

असोज २६ २०७५   ekhabarnepal

  ललितपुर,आश्विन २६ — महिला अधिकारका लागि आफूसहित ६७ अनुयायीसँगै जीवन त्याग गरेकी योगमाया न्यौपानेमाथि लेखिएको ‘योगमाया’ उपन्यासका लागि नीलम कार्की निहारिकालाई वर्ष २०७४ को मदन पुरस्कार प्रदान गरिएको छ । उपन्यासकार नीलम कार्की निहारिकालाई मदन पुरस्कार अर्पण गर्दै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित । (तल) बालसाहित्यका स्रष्टा शान्त...

 राजनीतिक हस्तक्षेप अस्वीकार्य : प्रमुख आयुक्त

असोज २६ २०७५   ekhabarnepal

पोखरा, असोज २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताउनुभएको छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उहाँले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिने बताउनुभएको हो । आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उहाँले अख्त...

उपचारका क्रममा 'पत्रकारलाई ५० प्रतिशत छुट' 

असोज २५ २०७५   ekhabarnepal

बाँके । कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ ।  अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए। दश शय्याबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधासमेत बढाउँदै लैजाने योजनामा आफूहरु रहेको प्रमुख शाहीले बताए । न्यूरोडम...

जनकपुरमा आइपुग्यो रेल 

असोज २५ २०७५   ekhabarnepal

धनुषा असोज २५,   भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल बुधबार जनकपुर आइपुगेको छ । बुधबार अपराह्न ब्लास्ट बोकेको ५३ र्याकसहित रेल जनकपुर आइपुगेको हो ।  रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रे...

निर्मला हत्याकाण्ड: एसपीका छोराले प्रधानमन्त्रीलाई लेखे यस्तो खुलापत्र 

असोज २५ २०७५   ekhabarnepal

काठमाडौं । निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । पत्रमा किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् । उनले सामाजिक सञ...

किशोरीलाई आत्मरक्षा तालिम

असोज २४ २०७५   ekhabarnepal

रोल्पा । किशोरीमाथि बलात्कारका घटना दिन प्रतिदिन बढीरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालिम  सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा जिल्लाका विभिन्न वडाका ४० किशोरीको सहभागिता रहेको सो तालिमका सहभागीलाई प्रशिक्षकको रुपमा गाउँ÷गाउँमा गएर सीप हस्तान्तरण गर्ने बताइएको छ तालिममा तेक्वान्डो र जुडो सम्बन्धी आधारभूत सीप हस्...

निर्मला हत्या प्रकरण: एसपी विष्टमाथि कारबाही प्रक्रिया अघि बढयो

असोज २४ २०७५   ekhabarnepal

काठमाडौं, २४ असोज । १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ । प्रारम्भिक चरणदेखि नै प्रहर...

समाधान गरिँदैछ विद्युत् आपूर्तिको समस्या

असोज २४ २०७५   ekhabarnepal

काठमाडौं,२४ असोज । नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि सवस्टेसनमा ६३ एमभिएको नयाँ...

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

असोज २४ २०७५   ekhabarnepal

काठमाडाैं |  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ...

निर्मला हत्या प्रकरण:थप दुई प्रहरी निलम्वित

असोज २२ २०७५   ekhabarnepal

काठमाडौं असोज २२,  निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । निलम्वनमा पर्नेमा प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन् । उनीहरुका गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताएका छन् ।  चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन । यसअघि क...

टिपर दुर्घटनाहुदा एकको मृत्यु,दुई घाइते

असोज २२ २०७५   ekhabarnepal

चौतारा, रासस । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएक...

विश्वको सर्वोच्च शिखर 'सगरमाथाको उचाइ पुनः नापजाँच गरिँदै' 

असोज २२ २०७५   ekhabarnepal

काठमाडौं । नेपालको गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिन्छ । तर, पछिल्लो समयमा भएका भौगर्भिक गतिविधिले गर्दा यसको उचाइ घटेको हुन सक्ने अनुमान एकातिर भइरहेका छन् भने अर्कोतर्फ यसको उचाइ बढेको अनुमान गर्ने पनि छन् । सगरमाथाको उचाइबारे नेपाल र चीनको धारणा पनि छुट्टाछुट्टै छ ।  तर, वास्तविकता के हो भन्न...

निर्मला हत्या प्रकरण: प्रहरी नेतृत्वको लापरवाहीकै कारण हत्यारासम्म पुग्न सकस 

असोज २२ २०७५   ekhabarnepal

भीमदत्तनगर असोज २२,   कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारी...

त्रिविविमा विद्यार्थीको उत्तर पुस्तिका नै हराएपछि 

असोज २१ २०७५   ekhabarnepal

काठमाडौं असोज २१,   त्रिभुवन विश्व विद्यालयमा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पुस्तिका नै गायब भएको छ । त्रिभुवन विश्व विद्यालयको गम्भीर लापरवाहीका कारण उत्तर पुस्तिका नै गायब भएको हो । नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै फेरि परीक्षा गर्नुपर्ने भनिएपछि विद्यार्थीहरु...

११ प्रहरी अधिकृत डिआइजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

असोज २१ २०७५   ekhabarnepal

काठमाडौं असोज २१, नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। शनिबार बसेको बढुवा समितिले ती प्रहरी अधिकृतको बढुवा गर्न सिफारिस गरेको हो।  

ट्याङ्कर दुर्घटनामा परि ५० जनाको मृत्यु !

असोज २१ २०७५   ekhabarnepal

काठमाडौं असोज २१,   प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौँ मानिस घाइते हुनुका साथै ठूल...

जुवाखालमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा 'दुईको मृत्यु' 

असोज २० २०७५   ekhabarnepal

काठमाडौँ असोज २०,  कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा...
← Previous 1 3 4 5 6 7 8 9 21 22
To Top