समाज

अलपत्र नेपालीको उद्दार र मानव तस्करलाई कारवाहीको माग

साउन १५ २०७४   .

युएई– युएई नेपाली एकता समाजले भिजिट भिषामा युएई ल्याएर दलालले अलपत्र पारेका बाँकी ५ जनाको उद्दार र मानव तस्करलाई कारवाही हुनुपर्ने माग गरेको छ । समाजले एक प्रेस विज्ञप्ती जारी गर्दै अलपत्र पारिएका नेपालीहरुको दुतावास मार्फत उद्वार गर्न अनुरोध गर्दै भिजिट भिषाको नाममा ठगी गर्ने मानव तस्करी र दलाललाई कारवाही गर्न माग गरेको हो । विज्ञप्तीमा १९...

२५ वर्ष बित्दापनि गण्डक पीडितले पाएनन् क्षतिपूर्ति

साउन १४ २०७४   .

परासी साउन, १४–गण्डक कमाण्ड क्षेत्र अन्तर्गत साविक १३ गाविसका बाढीपिडितहरुले अझैसम्म क्षतिपूर्ति पाएका छैनन् । बाढीपीडित भएको २५ वर्ष वित्न लाग्दा पनि  पीडितले क्षतिपुर्त पाउन नसकेका हुन् ।  सन् १९६२ मा गण्डकमा आएको भीषण बाढीले त्यस क्षेत्रका १४ वटा गाउँ सखाप बनाएको थियो । त्यस पश्चात पुनः २०५० सालमा अर्को बाढी आयो  । जुन बाढीको असर वर्षायाममा...

कपिलबस्तुमा छोरी जन्माएको भन्दै कुटपिट गरी घर निकाला

साउन १४ २०७४   .

कपिलवस्तु  साउन, १४,–छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन म...

बेलहियामा 'एकीकृत जाँच चौकी'

साउन १४ २०७४   रासस

भैरहवा साउन, १४ - नेपाल–भारत सीमाक्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने भएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले शुक्रबार आयोजित नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना गर्न लागिएको जानकारी दिए । उनले भने, “रक्सौल र परवानीपुरमा ...

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ३२ घाइते

साउन १४ २०७४   रासस

नवलपरासी  साउन,१४ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरै...

अर्घाखाँचीका सरकारी कार्यालयका वेभसाइट अपडेट हुन छाडेका

साउन १४ २०७४   .

अर्घाखाँची  साउन,१४ । अर्घाखाँची जिल्लाका सरकारी कार्यालयका वेभसाइट अपडेट हुन छाडेका छन् । जिल्लाको सबैभन्दा महत्त्वपुर्ण सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको वेभसाईट नै २०७३ कात्तिक १० गतेदेखि अहिलेसम्म अपडेटमा छैन । करिब ९ महिना अगाडि तिहारको प्रेस विज्ञप्ति निकालेको जिल्ला प्रशासनको वेबसाइट अहिलेसम्म अपडेट नभएको हो । डिल...

नागपञ्चमी, उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन मनाइँदै

साउन १३ २०७४   रासस

काठमाडौँ  साउन,१३ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । यस दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्र...

गुल्मीमा राजनीतिकर्मी भन्दा व्यवसायीहरु धेरै निर्वाचित

साउन १२ २०७४   .

गुल्मी, साउन १२। गुल्मीका २ नगरपालिका, १० गाउँपालिका र वडाहरुमा चुनिएका जनप्रतिनिधिहरु विशुद्ध राजनीति गर्नेभन्दा धेररै कुनै न कुनै पेशा–व्यवसायमा आवद्ध भएका नै निर्वाचित भएको पाइएको छ । रेसुङ्गा नगरपालिकामा मेयर पदमा विजयी एमालेका डिल्लीराज भुसाल राजनीति कम व्यवसाय बढि गर्ने ब्यक्ति हुन् । निमार्ण व्यवसायको क्षेत्रमा बढि हात हालेका भुसालका न...

द्वन्द्वकालीन घटनाको अनुसन्धान सातै प्रदेशबाट सुरु

साउन १२ २०७४   रासस

काठमाडौँ साउन, १२- द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ ।      आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन घटनामा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो । आयोगले प्रदेश नं १, ३, ५, ६ र ७ मा गत जेठ २१, प्रदेश नं ४ मा गत असार २८ र प्रदेश नं २ मा...

कपिलवस्तुमा एक वर्षमा ७६ दुर्घटना, ६१ को मृत्यु

साउन १२ २०७४   .

कपिलवस्तु साउन, १२– जिल्लामा आर्थिक वर्ष २०७३ र ०७४ मा सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी ४६ जना पुरुष, ११ जना महिला र ४ जना वालवालिकाको ज्यान गएको  हो । दुर्घटनामा परी ५९ जना गम्भीर घाइते र ३० जना सामन्य घाइते भएका छन् । चालकको लापरवाहीका कारण  ८६ प्रतिशत दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुक...
To Top