समाज

डा. केसी पक्षद्वारा वार्ता बहिस्कार, डा. क्षेत्री भन्छन्- कर्मकाण्डी वार्ताको औचित्य छैन

साउन १८ २०७४   Rekha Rana

१८ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीका समर्थक चिकित्सकहरुले सरकारसँग वार्ता गर्नुको औचित्य नभएको भन्दै यथास्थितिमा वार्तामा नबस्ने घोषणा गरेका छन् । डा. केसीको तर्फबाट गठित वार्ता टोलीले सरकारसँगको बुधबारको वार्तामा पनि सहभागीता जनाएन । डा. केसीका समर्थक डा. जीवन क्षेत्रीले अनलाइनखबरसँग भने, ‘सरकारी पक्ष कुनै तयारी गरेर आउँदैन । वार्ता...

घरमै बसेर महसुल तिर्न सक्ने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण

साउन १५ २०७४   रासस

काठमाडौँ,  साउन १५- लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पन...

राष्ट्रिय गौरवका आयोजना समयमा सक्न विकास समितिको निर्देशन

साउन १५ २०७४   रासस

काठमाडौँ,  साउन,१५-  व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने कानूनी व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले आज आयोजना गरेको वीरगञ्ज, जनकपुरलगायत शहरमा एसियाली विकास बैँंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास कार्यक्रमको विद्यमान अवस्था, समस्या र समाधान विषयको छलफलपछि यस्तो निर्देशन दिएको हो । ...

अलपत्र नेपालीको उद्दार र मानव तस्करलाई कारवाहीको माग

साउन १५ २०७४   .

युएई– युएई नेपाली एकता समाजले भिजिट भिषामा युएई ल्याएर दलालले अलपत्र पारेका बाँकी ५ जनाको उद्दार र मानव तस्करलाई कारवाही हुनुपर्ने माग गरेको छ । समाजले एक प्रेस विज्ञप्ती जारी गर्दै अलपत्र पारिएका नेपालीहरुको दुतावास मार्फत उद्वार गर्न अनुरोध गर्दै भिजिट भिषाको नाममा ठगी गर्ने मानव तस्करी र दलाललाई कारवाही गर्न माग गरेको हो । विज्ञप्तीमा १९...

२५ वर्ष बित्दापनि गण्डक पीडितले पाएनन् क्षतिपूर्ति

साउन १४ २०७४   .

परासी साउन, १४–गण्डक कमाण्ड क्षेत्र अन्तर्गत साविक १३ गाविसका बाढीपिडितहरुले अझैसम्म क्षतिपूर्ति पाएका छैनन् । बाढीपीडित भएको २५ वर्ष वित्न लाग्दा पनि  पीडितले क्षतिपुर्त पाउन नसकेका हुन् ।  सन् १९६२ मा गण्डकमा आएको भीषण बाढीले त्यस क्षेत्रका १४ वटा गाउँ सखाप बनाएको थियो । त्यस पश्चात पुनः २०५० सालमा अर्को बाढी आयो  । जुन बाढीको असर वर्षायाममा...

कपिलबस्तुमा छोरी जन्माएको भन्दै कुटपिट गरी घर निकाला

साउन १४ २०७४   .

कपिलवस्तु  साउन, १४,–छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन म...

बेलहियामा 'एकीकृत जाँच चौकी'

साउन १४ २०७४   रासस

भैरहवा साउन, १४ - नेपाल–भारत सीमाक्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने भएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले शुक्रबार आयोजित नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना गर्न लागिएको जानकारी दिए । उनले भने, “रक्सौल र परवानीपुरमा ...

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ३२ घाइते

साउन १४ २०७४   रासस

नवलपरासी  साउन,१४ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरै...

अर्घाखाँचीका सरकारी कार्यालयका वेभसाइट अपडेट हुन छाडेका

साउन १४ २०७४   .

अर्घाखाँची  साउन,१४ । अर्घाखाँची जिल्लाका सरकारी कार्यालयका वेभसाइट अपडेट हुन छाडेका छन् । जिल्लाको सबैभन्दा महत्त्वपुर्ण सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको वेभसाईट नै २०७३ कात्तिक १० गतेदेखि अहिलेसम्म अपडेटमा छैन । करिब ९ महिना अगाडि तिहारको प्रेस विज्ञप्ति निकालेको जिल्ला प्रशासनको वेबसाइट अहिलेसम्म अपडेट नभएको हो । डिल...

नागपञ्चमी, उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन मनाइँदै

साउन १३ २०७४   रासस

काठमाडौँ  साउन,१३ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । यस दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्र...
To Top