विशेष

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

कार्तिक १२ 2077   ekhabarnepal

–रासस/पिटिआई नयाँदिल्ली,कार्तिक १२  भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली सहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ । दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७ र मुँड्कामा ३६३ वायु गुणस्त...

आज बडादसैँ, टीकाको साइत बिहान १० बजेर १९ मिनेटमा

कार्तिक १० 2077   ekhabarnepal

रासस बुटवल,कार्तिक १०   दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व सोमबार हर्षोल्लासका साथ मान्यजनबाट दुर...

 ‘रअ’का प्रमुखको भेटबारे उपप्रधानमन्त्री पोखरेलको भनाई ः अस्वस्थ्य मानसिकताको उपज

कार्तिक १० 2077   ekhabarnepal

काठमाडौं, कार्तिक १० प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखसँग भएको भेटबारे उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्ना ६–बुँदे धारणा सार्वजनिक गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले ‘रअ’ प्रमुख सामन्त गोयलसँग भेट गर्दा प्रधानमन्त्रीबाट कुनै गल्ति नभएको दाबी गर्दै यो विषयमा प्रधानमन्त्रीको विरोध गर्नेहरुले किन त्यसो गर...

दुर्गालाई शक्तिशाली बनाउने महाअष्टमी

कार्तिक ८ 2077   ekhabarnepal

रासस काठमाडौं, कात्तिक ८ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व शनिबार नेपालीले बडादसैंका रुपमा दुर्गा भवानीको विशेष पूजा-आरधना गरी भव्य रुपमा मनाउँदैछन्।  बडादसैंको आठौं दिन शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ।  आजको दिन श...

बालुवाटारमा दशैंको टीका नहुने, स्वास्थ्यलाई  ध्यान दिएर दसैँ मनाउन प्रधानमन्त्रीको आग्रह  (पूर्णपाठ सहित)

कार्तिक ७ 2077   ekhabarnepal

काठमाडौ, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा कोरोनाको संक्रमणलाइ विचार गरी बालुवाटारमा दशैंको टीका आयोजना नगर्ने बताउनु भएको छ । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । उहाँले काठमाडौं संक्रमणको केन्द्र बन्दै गएको बताउनुभयो । उहाँले चाड पर्वहरुलाइै आफ्नो अबस्था र हैसियतका आधारम...

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

कार्तिक ७ 2077   ekhabarnepal

रासस  गोरखा, कात्तिक ७ गते । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्...

अर्थमन्त्रीका प्रेस सल्लाहकारमा भुवन

कार्तिक ७ 2077   ekhabarnepal

रासस    काठमाडौँ, कात्तिक ६ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर र नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गर्नुभएका ...

तिलोत्तमा नगरवाट कोरोना संक्रमितको शव व्यवस्थापन

कार्तिक ५ 2077   ekhabarnepal

तिलोत्तमा,कात्तिक ५  ।  कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ ।   जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमा नगरपालिकाले बुधबारदेखि आफैले शव व्यवस्थपन गर्न थालेको हो । नगरस्तरीय  कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को मंगलबारको बैठ...

आज राति १०:४५ बजे उल्का वर्षा हुने

कार्तिक ४ 2077   ekhabarnepal

रासस  काठमाडौँ, कात्तिक ४ गते । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्याधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्का वर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा...

सवै स्थानीय तहमा स्वास्थ्यका पूर्वाधार विस्तार गरिने

कार्तिक ४ 2077   ekhabarnepal

काठमाडौँ, कात्तिक ४ गते । सरकारले कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेसँगै काठमाडौँ उपत्यकालगायत जिल्ला र प्रदेशमा आइसोलेसन एवं हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सुविधासहितका संख्या थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमण तीव्र बढिरहेका जिल्लामा प्रयोगमा नरहेका क्वारेन्टाइनहरूलाई १५ दिनभित्र आइसोलेसन सेन्टरमा स्तरोन्नति गर...

सरकार स्वास्थ्यमा संकटकाल लागु गर

कार्तिक ३ 2077   ekhabarnepal

डी.आर.घिमिरे सरकारले कोरोना महामारी ब्यापक भएपश्चात् उपचार गर्न नसक्ने निर्णय गरेदेखि सामाजिक सञ्जालमा विरोधका आवाज मुखरित भएका छन् । ठिक यही समयमा एकातिर सांसदहरुले दशैं पेश्की वुझेको समाचार आउनु र सरकार अर्कोतिर उपचारवाट उम्किन खोज्नुले बाघ कराएको बाख्रो हराएको जस्तो भएको छ । अर्थात् यस कारणले सरकारको मात्र हैन सवै सांसदहरुको पनि तिब्र आलोचना...

टीकामा भौतिक दूरी कायम गर्न अनुुरोध

कार्तिक १ 2077   ekhabarnepal

काठमाडौँ, कात्तिक १ गते । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूूरी कायम गर्न आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ । ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण ग...

मन्त्रिपरिषद् हेरफेर, विष्णु पौडेल वने अर्थमन्त्री, सञ्चारमा गुरूङ  

असोज २८ 2077   ekhabarnepal

काठमाडौं, असोज २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो । नयाँ थपिएका मन्त्रीहरुमा रुपन्देही क्षेत्र नं २ वाट निर्वाचित विष्णु पौडेल अर्थमन्त्री वन्नु भएको छ । उहाँ दोश्रो पटक अर्थमन्ी...

अनुभूति र चुनौती ःकोरोनाले के के मात्रै गरेन मलाई ? 

असोज २७ 2077   ekhabarnepal

 डा. राजेन्द्र खनाल १ .असोज ७ गते अफिसमै काम गरिराखेको बेलामा जीउ दुखेजस्तो भारि भएकोले ३ बजे दिउसो नै घर फर्किए, आरामको लागि। केहि आराम गरेपछि बेलुकि केहिछिन घुम्न निस्किएं। खाना पछि सुत्ने काम भयो। २ .त्यहिं मध्यराति भनौं असोज ८ गते बिहीबार बिहान १ बजे एक्कासी सुख्खा खोकीको कारणले घांटी कोक्याएको जस्तो भएर उठ्नुपर्यो।ज्वोरो आएको महशुस थियो ,...

बुटवलमा  पेट्रोलियम पदार्थ  गुणस्तरीय,  सुरक्षा मापदण्ड कमजोर

असोज २७ 2077   ekhabarnepal

रासस बुटवल ,असोज २७ । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल आयल निगम, नेपाल प्रहरी र नेपाल पत्रकार महासंघका प्रतिनिधिसहितको टोलीले आज गरेक...

सरकार र अनशनरत डा.केसीबीच सहमति, आज अनशन तोडिदै

असोज २५ 2077   ekhabarnepal

काठमाडौं, असोज २५ गते । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ । सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी राख्नु भएको अनशन तोडने हुनु भएको छ ।  

कसरी होला राजधानीको क्षतिपूर्ति ? 

असोज २५ 2077   ekhabarnepal

डी.आर.घिमिरे—वसन्तराज खनाल  राजधानीको विषय जतिसुकै पेचिलो बने पनि टुंगिनुपर्ने थियो टुंगियो । एउटा प्रक्रियाबाट टुँगो लागेपछि अहिलेलाइ यो विवाद समाप्त भएको छ । अब पुराना कुरा भुलेर नयां सिराबाट सोच्नुपर्छ । मुख्यमन्त्री शंकर पोख्रेलले रूपन्देहीलाई  वित्तीय र पर्यटकीय राजधानी वनाउने कुरा गर्दा त्यसलाई धेरैले पत्याएनन् । शायद यो कुरा अरु समयम...

राप्ती उपत्यकाको जग्गाको लागत पठाउन मुख्यमन्त्रीको निर्देशन 

असोज २४ 2077   ekhabarnepal

बुटवल, असौज २३ मुख्यमन्त्री शंकर पोखरेलले यो महिनाभित्र प्रदेश राजधानी राप्ती उपत्यकाको जग्गाको लागत पठाउन निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाका पालिका प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका अधिकारीहरुसंग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा जग्गाको अवस्था थाहा भएप...

५ नं. प्रदेशको राजधानी देउखुरी, नाम लुम्विनी  

असोज २० 2077   ekhabarnepal

बुटवलं, असोज २०   ५ नं प्रदेशको स्थायी राजधानी देउखुरी हुने भएको छ । यससंगै विना नामको भनेर आलोचना भएको यो प्रदेश लुम्बिनीको रुपमा परिचित हुने भएको छ ।    प्रदेश सभाको दुई तिहाइ बहुमतले आजै सो सम्वन्धी प्रस्ताव पारित गरेको छ  । पहिलो चरणमा प्रदेशसभामा राजधानीको प्रस्तावमा मतदान भएको थियो जसमा ८२ जना सांसदहरुमध्ये ६९ जनाले प्रस्तावको पक्षमा र ...

अराजक र उद्वण्ड काम नगर्न अपील

असोज १९ 2077   ekhabarnepal

बुटवल । नेपाल कम्युनिष्ट पार्टी रुपन्देही क्षेत्र नं २ क्षेत्रीय कमिटीले एक विज्ञप्ति प्रकाशित गरी प्रदेश ५ का मुख्यमन्त्री पार्टीका स्थायी कमिटी सदस्य तथा ५ नं. प्रदेशका इन्चार्ज शंकर पोखरेल सवार गाडीमाथि हिजो साँझ केही उच्छृङखल ब्यक्तिहरुले ढुंगा प्रहार गरेको घटनाप्रति तीब्र रोष प्रकट गर्दै यस्ता अराजक र उद्वण्ड काम नगर्न अपील गरेको छ  । आइतव...

वेष्टर्न मेगा कलेजले पायो अन्तर्राष्ट्रिय गुणस्तर

असोज १८ 2077   ekhabarnepal

बुटवल, असौज १८ बुटवलमा विगत सात वर्षदेखि सञ्चालित वेष्टर्न मेगा कलेजलाई शैक्षिक गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय स्तरको सस्था इन्टरनेशनल एक्रिडेसन(International Accredatation अर्थात् आइएओ ) ले मान्यता प्रदान गरेको छ । एक वर्षदेखि शुरु भएको प्रक्रिया पश्चात् यही असौज ११ गते उक्त सस्थाले मान्यता दिएको हो ।  कलेजको शैक्षिक गुणस्तर, भौतिक पूर्वा...

गन्ध र स्वाद थाहा नपाउनु कोरोनाका स्पष्ट लक्षण 

असोज १८ 2077   ekhabarnepal

 असोज १८  बीबीसी । कोभिड–१९ सम्बन्धी हालै गरिएका नयाँ रिसर्चहरुमा रुघाखोकी या ज्वरो भन्दा गन्ध र स्वाद थाहा नपाउनु यसको अझ स्पष्ट संकेत हुन सक्ने पत्ता लागेको छ । युनिभर्सिटी कलेज लन्डनले सुँघ्ने क्षमता गुमाएका ५९० जनामा गरेको अध्ययनमा उनीहरु मध्ये ८० प्रतिशतमा कोरोना भाइरसको एन्टिबडिज फेला परेको हो । र तीमध्ये ४० प्रतिशतमा यसबाहेक अन्य कुनै लक...

प्रदेश-५ को राजधानी  दाङको देउखुरी,नाम लुम्बिनी 

असोज १६ 2077   ekhabarnepal

बुटवल, असोज १६  प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। शुक्रबार नै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी प्रदेश राख्ने निर्णय गरेको थियो। प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा ...

भिटामिन डी पर्याप्त भएमा कोरोनाबाट मृत्युको खतरा आधा

असोज ११ 2077   ekhabarnepal

एजेन्सी । कोरोना भाइरसको जिनका विषयमा गरिएको एक अध्ययनमा पर्याप्त मात्रामा भिटामिन डी भएका व्यक्तिमा मृत्युको सम्भावना ५२ प्रतिशतले कम हुने देखिएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयका रिसर्चरले गरेको अध्ययनमा यस्तो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये पर्याप्त मात्रामा भिटामिन डी भएका व्यक्तिमा मृत्यु हुने...

आइसोलेसनको तेस्रो दिन

असोज १० 2077   ekhabarnepal

डा. राजेन्द्र खनाल बिश्वब्यापी भएको कोरोना संक्रमणको महामारीमा लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुखको हैसियतमा यस क्षेत्रका जनताहरुको उपचार ब्यवस्थापनमा गरेको नेतृत्वदायी भूमिकालाई कदर गर्दै मलाई प्रदेश ५ को सरकारले क श्रेणीको प्रदेश सेवा समर्पण पदकको लागि सिफारिस गर्यो।प्रदेश ५ को सरकारले यसपटक थुप्रै स्वास्थ्यकर्मि साथीहरूलगायत  यस क्षेत्रको स...

उपभोक्ता हित संरक्षण मञ्चको  सिद्धार्थनगर शाखा गठन

असोज १० 2077   ekhabarnepal

भैरहवा, १० असोज । उपभोक्ता हित संरक्षण मञ्चको सिद्धार्थनगरमा भएको भेलाले सिद्धार्थनगर शाखा गठन गरेको छ । सिद्धार्थनगर भैरहवामा सम्पन्न एक भेलाले नरेन्द्र भन्डारीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगर समिति गठन गरेको हो । समितिको उपाध्यक्ष राधिका खरेल, सचिव रोशन थापा, सहसचिव नरेन्द्र बहादुर खत्री क्षेत्री, कोषाध्यक...

सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय

असोज ९ 2077   ekhabarnepal

भैरहवा, ९ असोज । प्रदेश नम्बर ५ कोरोना संकट व्यवस्थापन केन्द्रको बिहीबार बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले कोरोना नियन्त्रण र उपचारको लागि विभिन्न निर्णयहरु गरेको छ । बैठकले कोभिड–१९ को हालसम्मको आकलन गर्दै यसको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने न...

शिक्षा सुधारका लागि चार खम्वा सुधारको आबश्यक

असोज ८ 2077   ekhabarnepal

भविन्द्र घिमिरे   कोभीडको महामारी विचमा अनलाइन कक्षा ,अस्थायी, सिकाइ र आवश्यक शैक्षिक समाग्रीको व्यवस्था गदै वालवालिका, अभिभावक, शिक्षकलाइ विस्तारै नियमित रुपमा पठनपाठनतर्पm फर्काउन स्थानिय तह लागिरहेका छन ।  अहिले पविधी र आधारभूत शैिक्षक सामाग्री का साथ हामि सवेको सहगोगको आवश्यकता छ । सरकारले पनि सम्पूर्ण विद्यालय तथा विद्यार्थीलाइ इन्टरनेट ...

स्याङ्जामा एउटै घरका नौसहित दशको मृत्यु 

असोज ८ 2077   ekhabarnepal

स्याङ्जा, असोज ८ गते । वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ । बिहिबार बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो । पहिरोले पुरिएर २८ बर्षिय उमाकला नेपाली, ४८ बर्ष...

 बुटवलमा उपचाररत दुई संक्रमितको मृत्यु

असोज ८ 2077   ekhabarnepal

बुटवल, असोज ८ गते । कोरोना विशेष अस्पताल बुटवल रुपन्देहीमा बिहीबार बिहान दुई कोरोना संक्रमित विरामको मृत्यु भएको छ । उनीहरू कपिलवस्तु र पश्चिम नवलपरासीका भेन्टिलेटरमा राखी उपचार गर्दै गरिएका पुरुष हुन् । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार असोज १ गते अस्पताल ल्याइएका कपिलवस्तुको बुद्धभूमि–६ का ५० वर्षीय पुरुषको बिहीबार बिहान...

कोइली खोलाले जिप बगाउँदा २ जनाको मृत्यु, एकजना बेपत्ता

असोज ७ 2077   ekhabarnepal

  बुटवल,असोज ७ । सानो खोला । वर्षा वा हिउँद जहिले पनि कज वे वाट सवार हुनु पर्दथ्यो । अफ्टेरो थियो । त्यसैले यसै वर्ष पुल वन्दै थियो । तर, विडम्वना यही वर्ष आजैका दिन  कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलाले एक जनाको ज्यान लियो र २ जना वेपत्ता छन् । नेपाल विद्युत प्राधिकरणका कर्मचारी सवार बा १ ञ १०८९ नम्वरको जिप बगाउँदा दुई जनाको दुःखद मृत्यु ...

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

असोज ६ 2077   ekhabarnepal

रासस  काठमाडौँ, असोज ६ गते । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्...

आजबाट तीन दिनसम्म व्यापक वर्षा र हावाहुरीको सम्भावना

असोज ५ 2077   ekhabarnepal

   काठमाडौं, असोज ५ जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै आज रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।  विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ सर्ने क्रममा आगागमी ५ दिन नेपालका धेरै स्थान...

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय

असोज ४ 2077   ekhabarnepal

काठमाडौं, असोज ४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ ।  स्थायी कमिटी बैठकको निर्णय अनुसार सचिवालयले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।  २०७५ जेठ ३ ग...

छवि सरको दुःखद निधन,भाई पनि लापत्ता

असोज ४ 2077   ekhabarnepal

बुटवल असोज ४ । बुटवलको शैक्षिक क्षेत्रको मुर्धन्य ब्यक्तित्व छवि नेपालको आइतवार बिहान ८ः३० मा दुःखद निधन भएको छ । लामो समय देखि उच्च रक्तचाप र मधुमेहबाटग्रस्त नेपाललाई केहीदिन अघि निमोनिया भएपछि काठमाण्डौ स्थीत शसस्त्र प्रहरी अस्पताल बलम्वुमा उपचार गराइरहनु थियो । लामोसमय शिक्षण पेशामा सम्लग्न नेपाल बुटवलको मानवज्ञान माध्यमिक बिद्यालयको प्रध...

लोकतान्त्रिक गणतन्त्र जीवनपद्धति र शैलीका रुपमा स्थापित ः मुख्यमन्त्री पोख्रेल

असोज ३ 2077   ekhabarnepal

बुटवल, असौज ३ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड—१९ को कारण ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले यसपटकको संविधान दिवसको कार्यक्रममा घर घरमा दिपावली गरेर भव्य रुपमा मनाउन अनुरोध गर्नुभएको छ ।   संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी अघि बढिरहेको सन्दर्भ उल्लेख ग...

पहिलो पटक एकैदिन  २ हजार बढी कोरोना संक्रमित थपिए

असोज २ 2077   ekhabarnepal

काठमाडौं, असाेज २ शुक्रबार देशभर २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन २ हजार बढी संक्रमित थपिएकाे पहिलाे पटक हाे।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८७१...

जिल्ला स्तरीय ६ अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय

असोज २ 2077   ekhabarnepal

बुटवल, असौज २  ५ नं. प्रदेश सरकार, मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले  जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । ती अस्पतालहरुमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन् । तीमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा,...

राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल आज  नेपाल आउँदै

असोज २ 2077   ekhabarnepal

काठमाडौँ, असोज २ गते । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका...

बिहानैदेखि बदली र वर्षाः प्रदेश  ५  मा भारी वर्षाको सम्भावना 

असोज २ 2077   ekhabarnepal

काठमाडौँ,अशोज २  देशभर शुक्रबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जार...

 खतिवडा प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार

भाद्र ३० 2077   ekhabarnepal

काठमाडाैं, भदौ ३० सरकारले डा. युवराज खतिवडा मन्त्रीस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका...

सात बर्षिया बालिकाको उपचारमा सहयोग जुट्दै 

भाद्र ३० 2077   ekhabarnepal

कपिलवस्तु भदौ ३०। कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुरकी ७ बर्षिया बालिका सोना पौडेलको श्वास नलिमा मासु पलाएर आवाज बिहीन भएपछि उपचारका लागि सहयोगी हातहरु जुट्न थालेका छन् ।  लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था आएपछि आर्थिक अभावका कारण उपचारमा समस्या आउन थालेको अवस्थामा यस्ता सहयोगी हातहरु जुट्न थालेका छन् ।  सोमबार बालदिवसका अबसरमा कपिलवस्तु र ...

आइसोलेसनको अनुभव ःमैले नदेखेका पात्र र उजागर नभएका तथ्यहरू 

भाद्र २६ 2077   ekhabarnepal

विक्रम केसी कोभड १९ संङक्रमण प्रमाणित भएपछिको आज १२ औं दिन म बुटवल उप महानगरपालिकाले व्यावस्थापन गरेको एन्फा एकेडमी आईशोलेसन सेन्टर बुटवलमा स्वास्थ्य लाभ गरिरहेको छु । सरकारी निकायबाट जारी भएको निषेधाज्ञालाई पालना गरि सावधानी अपनाई घरमै बसेकै अवस्थामा अज्ञात तरिकाबाट मलाई कोरोना संङक्रमणको लक्षण देखा परे पछि आफै बुटवलको नेशनल प्याथ ल्यावमा गरिए...

कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव छ - एस्ट्राजेनेका

भाद्र २६ 2077   ekhabarnepal

  रासस / एएफपी  लन्डन, भदौ २५ गते। बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो । एस्ट्राजेनेकाले बिहीबार खोपबारे बजारमा फैलिएका ...

पोखरा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न विद्यार्थीहरुको माग

भाद्र २५ 2077   ekhabarnepal

बुटवल,  भदौ २५ । पोखरा विश्वविद्यालय मातहतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी तत्काल नियुक्त गर्न माग गरेका छन् । पोखरा विश्वविद्यालयमा विगत १ वर्षदेखि उपकुलपति, रजिष्टार, डिन लगायतका १२ जना पदाधिकारीको पद रिक्त रहेकाले विश्वविद्यालयको अध्यापन, परीक्षा प्रणालीलगायत सवै क्षेत्र अस्तव्यस्त भएको भन्...

  दुई अध्यक्षको सहमतिमा ओलीले सरकार र  प्रचण्डले पार्टी नेतृत्व गर्ने

भाद्र २५ 2077   ekhabarnepal

बुटवल, भदौ २५ भोलि शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो कार्यविभाजनसहितको सहमतिको प्रस्ताव तयार पारेका छन् । पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनको कार्यान्वयन गर्दै ओली र प्रचण्डले तीन महिना लामो पार्टी विव...

विद्युतीय वस सञ्चालन गर्ने प्रधानमन्त्रीद्वारा सुन्दर यातायातलाई वधाई, आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुर्याउने विश्वास

भाद्र २३ 2077   ekhabarnepal

बुटवल, भदौ २३ नेपालमा वातावरणमैत्री विद्युतीय वस सेवा सञ्चालन भएको एक वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक बधाई ज्ञापन गर्दै सेवा विस्तारमा थप प्रगतिको कामना गर्नुभएको छ ।  विज्ञप्तिमा स्वदेशमा उत्पादित विद्युतीय उर्जावाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रबद्र्वन गरी आयातीत इन्धन प्रयोगमा कटौति गर्दै वाताव...

उपभोक्ता हित संरक्षण मञ्चको बुटवलस्तरीय समिति गठन

भाद्र २३ 2077   ekhabarnepal

बुटवल, भदौ २३  उपभोक्ता हित संरक्षण मञ्चको बुटवलस्तरीय समिति वनेको छ । रुपन्देही शाखा गठन भएको २० औं वर्षका अवसरमा परिवर्तित संघीय मोडलको विधान अनुसार पालिकास्तरीय मञ्चको समिति गठन भएको हो ।  मञ्चको ५ नं.प्रदेश समितिको आयोजनामा भएको भेलाले सो समिति गठन गरेको हो । समुन्द्र जीसीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको छ । अन्य पदाधिकारी तथा सदस्य...

रुपन्देहीमा उपभोक्ता आन्दोलनका २० वर्ष

भाद्र २२ 2077   ekhabarnepal

डी.आर. घिमिरे त्यसोत हरेक दिन महत्वपूर्णनै हुन्छ तर, आज रुपन्देही जिल्लाको सन्दर्भमा सम्झनुपर्ने दिन हो । आजैको दिन अर्थात् ०५५ साल भाद्र २२ गते उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको स्थापना गरिएको दिन हो । पत्रकारितावाहेक सामाजिक जागरण तथा विकास मञ्चको सचिव, पत्रकार महासंघलगायत सस्थामा म आवद्व थिएँ । मलाई सम्झना भए अनुसार नन्दीकेशर ढकालले मलाई...

‘मृतक र सङ्क्रमितको विवरण सार्वजनिकनगर्न सरकारका नाममा परमादेश 

भाद्र २० 2077   ekhabarnepal

काठमाडौँ, भदौ २० गते । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ । विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, ...
← Previous 1 3 4 5 6 7 8 9 102 103
To Top