विशेष

भारतीय दूतावासले अलपत्रै पारेर छाड्यो पाल्पाको कोल्डस्टोर

साउन ३२ २०७४   .

पाल्पा । तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा र भारतीय राजदुतावासको आर्थिक सहयोगमा नगरको बाघखोरमा निर्माणाधीन कोल्डस्टोरेज अलपत्र रहेको छ । निर्माण कम्पनीले निर्माण काममा अत्यन्त ढिलाइ गर्दा भारतीय राजदुतावासबाट रकम तथा भुत्तानी नभएका कारण अलपत्र परेको हो । कृषि उपज भण्डारण गर्ने उद्देश्यले २ सय मेट्रिक टन क्षमता भण्डारण गर्न सक्ने ४ करोड ९९...

संसदको विशेष समय : भयो बाढी पहिरोकै बहस

साउन ३२ २०७४   रासस

काठमाडौँ ,साउन ३२- व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले राहतका कार्यक्रमलाई एकद्वार प्रणालीका आधारमा वितरण गर्न र राहत वितरणलाई प्रभावकारी तुल्याउन एउटा समिति गठन...

संविधान प्रस्ताव आज सदनमा पेश हुने

साउन ३२ २०७४   रासस

काठमाडौँ साउन ३२। लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि उनले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्त...

पूर्वाञ्चलमा ४७ जनाको मृत्यु, १५ जना बेपत्ता

साउन ३२ २०७४   रासस

विराटनगर, साउन ३२ । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पू...

चितवनमा भोलिदेखि हर्न निषेध

साउन ३२ २०७४   रासस

चितवन साउन ३२–नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ । ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला ट...

दाउन्ने सडकखण्ड भत्किएपछि २४ घण्टाका लागि बन्द

साउन ३२ २०७४   .

नवलपरासी, साउन ३२ । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि  २४ घण्टाका लागि  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो । जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् । यसअघि साना सवारी साधन पास भ...

चुनावबारे छलफल गर्न तीन दलको बैठक

साउन ३२ २०७४   .

काठमाडौं  साउन,३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । देउवाले निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । लगतै सर्बदलीय बैठक राखिएको छ । यो बैठकमा प्रदेश र संसदको चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले भोलि भदौ १ गते ...

बाढी पहिरोमा राष्ट्रपतिको चासो : अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

साउन ३२ २०७४   रासस

काठमाडौँ साउन ३२ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गरे । अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रपतिका प्रेस सल्ल...

श्रीमानलाई मदिरा खुवाएर श्रीमतीमाथि बलात्कार

साउन ३१ २०७४   .

दाङ–पश्चिम दाङमा एक बाढी पीडित महिला बलात्कृत भएकी छन् । बबई गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षिया सीता खड्का(नाम परिवर्तन)लाई सोही गाउँपालिकाको वडानम्बर ५ हापुरेका २६ बर्षिय इन्द्रबहादुर वलीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  प्रहरीका अनुसार घरमा बाढी पसेर महिलाको घर जलाम्य थियो । घरभित्रको पानी बाहिर फालिरहेकी ती मह...

बाढीपहिरोमा परी हालसम्म १११ जनाको मृत्यु

साउन ३१ २०७४   .

काठमाडौं, साउन ३१– बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका  प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई  जानकारी गराएको छ ।  गृहमन्त्री जनार्दन शर्माले विषेश समय लिएर सरकारले गरेका कामकारवाहीबारे सदनलाई जानकारी गराएका हुन् ।  उनले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको बताए । गृहमन्त्री ...
To Top