कांग्रेस र माओबादी केन्द्रको तालमेल अस्तित्व रक्षाका लागिःः पौडेल

राजनीति असार ३ २०७४ .
News1

बुटवल, नेकपा एमालेका उप महासचिव बिष्णु पौडेलले बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओबादी केन्द्र बीच भएको चुनावी तालमेल जित्नका लागि भन्दा अस्तित्व रक्षाका लागि भएको बताएका छन् ।नेपाल बुद्दिजिवि परिषद रुपन्देहीको आयोजनामा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले जसरि एमाले लाई हराउनका लागि माओबादी केन्द्र संग तालमेल गरेको छ । यो उसको पराजयको मानसिकता भएको बताएका छन् बीपीले बाचुन्जेल कम्युष्ट संग तालमेल र सहकार्यनै गर्नु हुँदैन भने गिरिजा प्रसाद कोइराला सम्म आइपुग्दा पनि विभिन्न आन्दोलनका मोर्चामा सहयात्रा भएपनि कहिल्यै कांग्रेसले चुनावमा तालमेल गरेन उ एक्लै लड्यो । तर अहिलेको कांग्रेस राष्ट्रिय एजेन्डाबाट बिमुख हुँदै कहिले राष्ट्र बिखन्डन गर्ने गरि संबिधान संसोधनत र कहिले चुनावमा समेत माओबादीको बैसाखी टेकेर अस्तित्व रक्षाका लागि चुनाव लड्दै छ । उनले भने नेपाली जनता सचेत छन् यदि एमालेले हा¥यो भने राष्ट्र र राष्ट्रियताले पनि हार्छ भन्ने कुरा त्यसकारण जनताले जानी जानी कांग्रेस माओबादी लाई भोट दिएर खुट्टामा बन्चरोले हान्ने काम गर्दैनन् ।
एक अर्को प्रसंगमा उप महासचिव पौडेलले भने सुकुम्बासी समस्या समधानका लागि दल बहादुर राना भूमिसुधार मन्त्रि हुँदा सुकुम्बासी आयोग गठन गरेर सबै जिल्लामा विस्तार गरी सुकुम्बासी लाई लालपुर्जा दिने कार्यक्रम अगाडी बढाइरहेको थियौ तर यसलाई कांग्रेस र माओबादीले अदालतमा मुद्धा हालेर रोकेको समेत उनले आरोप लगाउदै उनले भने २०५४ सालमा एमालेले पैसट्ठी हजार सुकुम्बासीलाई जसरी लालपुर्जा बाँडेको थियो । अहिले पनि एमालेले स्थानीय तहमा संविधानले दिएको अधिकार भित्र रहेर यसले दिएको अधिकार प्रयोग गरेर हामीले सुकुम्बासीलाई लालपुर्जा वितरण गरेरै छाड्ने बताएका छन् । कांग्रेस माओबादीको सरकारले बुटवललाई महानगरपालिका घोषणा नगरेकोमा त्यस प्रति कटाक्ष गर्दै एमालेलेनै यसलाई महानगर बनाउने यसलाई देशकै नमुना सहर बनाउने समेत उनले बताएका छन् । वर्तमान सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउनेगरि संबिधान संसोधनको सारंगी जसरी रेटी रहेको यसलाई बरु ज्यान टुक्रीएल कुनै पनि हालतमा टुक्रिन नदिने समेत उनले बताएका छन् कार्यक्रममा भुकम्पपछिको पुननिर्माण प्राधिकरणका पुर्व प्रमुख शुसिल ज्ञवालिले २०५४ सालमा भोज प्रसाद श्रेष्ठ मेयर हुँदा हामीले कसरि बुटवललाई समृद्ध बनाउन सकिन्छ भनेर एउटा मोडेल अगाडी सारेका थियौ । त्यसै अनुरुप बुटवल यहाँसम्म आएको कुरालाई स्मरण गर्दै अब पनि एमालेको जित निश्चित भएको र त्यस पछि बुटवललाई देशकै नमुना सहर बनाउने गरि अवधारणा ल्याउने छौ उनले भने । कार्यक्रममा निर्वाचन परिचालन कमिटिका नगर संयोजक भोज प्रसाद श्रेष्ठ नेताहरु नेत्र पन्थी कमल गौतम लगायतले बोलेका थिए
प्ूर्व जिल्ला सदस्यको नेतृत्वमा ५० युवाले माओवादी छाडे
बुटवल, ३ असार । लामो समय माओवादी आन्दोलनमा सहभागी युवाहरुको ठूलो समूह सो पार्टीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका पुर्व जिल्ला कमिटी सदस्य रहेका विकास ज्ञवालीको नेतृत्वमा ५० जनाभन्दा बढी युवाहरुले माओवादीबाट विद्रोह गर्दै एमालेमा आवद्ध भएका हुन् ।
उनीहरुलाई एमाले उपमहासचिव विष्णु पौडेलले पार्टीमा स्वागत गरेका थिए । त्यसक्रममा बोल्दै उपमहासचिव पौडेलले माओवादी छाडेर आएका युवाहरुलाई एमालेले उचित जिम्मेवारी प्रदान गर्ने बताए । उनले एमाले अभिभावक बनेर युवाहरुलाई संरक्षण प्रदान गर्ने उल्लेख गर्दै त्यसका लागि मातहतका कमिटीलाई निर्देशन दिइसकेको बताए ।
कार्यक्रममा पुर्व माओवादी नेता ज्ञवालीले आफू सशस्त्र युद्धदेखि नै क्रान्तिकारी नाराको आकर्षणका कारण माओवादीमा लागेको तर अहिले माओवादी नेताहरुको विलासी जीवन देखेर सो पार्टीमा रहन नसक्ने निष्कर्षका साथ एमालेमा आवद्ध भएको बताए । प्रदेश विभाजन विरुद्धको आन्दोलन, राष्टियताप्रतिको अडान, केपि ओली नेतृत्वको सरकारको कार्यशैलीले आफूलाई एमालेप्रति आकर्षित गरेको उनले बताए ।
सोही कार्यक्रममा प्रतिष्ठित व्यवसायी तथा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल पनि माओवादी छाडेर एमाले प्रवेश गरेका छन् । उद्योगी व्यवसायीको हकहितको संरक्षण अरु दलले गर्न नसक्ने ठानेर आफू एमालेमा आवद्ध भएको उनले बताए । उनी २०५२ सालदेखि नै माओवादीमा आवद्ध थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top